शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • किन हामिले ईतिहाश सँग सिक्न चाहेनौ?

किन हामिले ईतिहाश सँग सिक्न चाहेनौ?

  • मङ्लबार, चैत्र १०, २०७७
किन हामिले ईतिहाश सँग सिक्न चाहेनौ?

आफुलाई जुन सुकै पार्टीको बताए पनि त्यो पार्टीको नीति बिधान सँग मेल खाँदैन भनी त्यो आफैमा बिरोधाभाश हुन्छ।कम्युनिष्टहरुले त झन सदैभरी बिगत बाट पाठ सिकेर बर्तमान मा भबिश्यलाई निर्माण गर्छन।कम्युनिष्ट भन्न जति बन्न सजिलो छैँन।कम्युनिष्ट लाई बुझ्न ब्याख्या गर्न र त्यो ब्यबहारिक रुप दिनु भनेको सबैभन्दा ठुलो शंघर्ष गर्नु पर्छ।स्यानो शक्तिले कम्युनिष्टलाई ब्यबहारमा उतार्न गारो मात्रै होईन असम्भब पनि हुँन्छ।त्यसैले कम्युनिष्ट पार्टी बाट जति नजिक्किन्छन ति मध्य ९०प्रतिशत कम्युनिष्टलाई बुझे पछि पलायन गर्ने गर्छन।समय समयमा फुट वा कार्याक्रता हरुमा निरास र पलायन हुँनु यसैको परिणामपनि हो।पार्टीमा गुट र वैगबाईटिङ्ग भयो भने पार्टी कम्जोर मात्र हुँदैन टुक्रा टुक्रा हुन्छ भन्नेकुरा हाम्रै देशमा कम्युनिष्ट पार्टीको आन्दोलनको सात दशकलाई सरसर्ति अध्यायन गरेपनि प्रष्ट हुँन्छ।
कम्युनिष्ट पार्टीलाई राम्रैगरी बुझ्न नसकेर वा बुझेर पनि ब्यबहारमा उतार्न नसकेरनै पार्टीमा हाँगा बाँगा भयका हुँन।नत्र भने विस्व कम्युनिष्टहरुको मूल सिधान्त भनेको मार्क्सवादनै हो जो क.मार्क्स र फ्रेडरीख एङ्गेल्श द्वारा रचिएको सन१८४८को कम्युनिष्ट घोषणा पत्र नै हो।जस्लाई बुझ्ने क्रममा कयौँका आ-आफ्नै बुझाई भएपछि त्यसको परिणाम बिभिन्न लर्काहरु बन्दै गए।मार्स्कवाद लाई का.लेनीनले ब्यबहारीक रुपमा प्रमाणित गरेर देखाउँन सफल भए।
त्यो त्यही शिधान्तहो जो मार्क्स र फ्रेडरिख एङ्गेल्शले मानिशहरुलाई बर्गिय आधारमा रेखाकिंत गरेका थिए।उनिहरुले साराजीवन लगाएर श्रमजिविबर्गको लुटेराहरु शोसक बर्ग पत्ता मात्र लगाएनन उनिहरुले शोसक र सोशित बिचको रहश्य र त्यसबाट निजात पाउँने त्यो फर्मुला लाई संसारको माझमा पहिलो पल्ट ल्याएका हुँन।त्यही बर्ग शंघर्ष को माध्याम बाट रुसमा लेनिनले ऐतिहाशिक र महान अक्टुवर क्रान्ति गरेर देखाए त्यसैले संसरका कम्युनिष्टहरुले मार्क्सवाद-लेनिनवादको शिधान्तको रुपमा ब्याख्या गर्दै बर्ग शंघर्षमा जोड दिँदै आएका हुँन।चीनमा मा क.माओत्सेतुङ्गले मार्क्सवाद-लेनिनवादलाई पदप्रदर्शक शिधान्तको रुपमा अप्नाएर एउटा गरिब देशमा सिदै समाजवादी क्रान्ती सफल हुँन नसक्ने देखेपछि नौलो जनवादको प्रतिबाद गरेर उन्ले आफ्नो देशमा नयाजनवादी क्रान्ती पनि सम्पन्न पारेर देखाए।
वास्तबमा कम्युनिष्ट घोषणा पत्र त्यो एउटा महान तस्ताबेजहो जो हजारौ हजार बर्ष देखि मानव समुदायले प्राकृतिक समाज सँग लगातार शंघर्ष गर्दै सन१८४८सम्म आईपुग्दा तैयार भयो तर त्यो अहिले र सदियौँ सम्म जिवित रहन सक्ने वैज्ञानिक निचोड हो।जो कहिलेई पुरोनो हुँदैन तर बिकसित हुँदै जान सक्छ।
हामिले यदि कम्युनिष्ट पार्टी लाई माया गर्छौँ भने हामि प्रथम कम्युनिष्ट घोषणा पत्र र बिधान लाई अध्यायन गरौँ,अनि देश र बिदेशका घटनाहरु बाट शिक्षा लिउँ।अनुसाशित,गोपनेता ,र जनवादी केन्द्रियताको बारेमा गहन अध्यायन गर्ने,आत्मालोचना र आलोचनाको पद्धतिलाई आत्मासाथ गरेर जाने गर्नु पर्दछ।त्यसो गर्न आना कानि गर्ने अनुसाशनमा लाप्रवाही गर्ने र गोपनेता भङ्ग गर्ने जनवादी केन्द्रियतालाई उपक्षा गर्नेहरुले कम्युनिष्ट बिचार अप्नाएका हुँदैनन।अल्पमतको कदर बहुमतले गर्ने र बहुमत द्वारा लिएको निर्णयलाई अल्पमतले लागु गर्नमा मदत गर्ने र आफुले पनि ब्यबहारिकता मा जोड दिने ब्यबहार हुँनुपर्छ।त्यो अल्पमतको निर्णय सहि लाग्छ भनेपनि बारमबार पार्टीको भित्र उठाउँने र बहुमतले गरेको बिचार गलत लागेपनि त्यसलाई कार्यान्वयन गर्दै जाने आफु भयको ठाउँ वा त्यो भन्दा माथि त्यसको परिणाम लाई जानकारी गराउँने बानि बसाल्नु पर्छ।
कम्युनिष्टहरुले रुस चीन आदिका काफी तिता मिठा अनुभवहरु हासिल गरेकाछन।तर पेरीस कम्युनको अध्यायन बाट धेरै पाठ सिक्न मिल्दछ।त्यो बर्ग शंघर्ष पछिको सत्ताको बागडोर छोपेपछि पनि कम्युनिष्टहरु अशुरक्षित हुँन्छन र थोरै ला-पर्वाहीले ठुलो संकट ल्याउँन सक्छ भन्ने पाठ पढाएर गएकोछ।
हुँन त हाम्रा अगाडि चार्टिष्ट आन्दोलन पनि छ रुसमा ख्रुचेब ले गरेको प्रेस्तोईका र गलास्तनोत को सिधान्त पनिछ।जर्मनिको कम्युनिष्ट बिद्रोही बिफलताको ईतिहाश छन।चीनमा माओको निधन १९७६पछाको प्रतिक्रांति पनि छ।तर पनि फ्रान्शको राजधानी रहेको पेरीसमा भएको ईतिहाशको पहिलो घटना बाट हामिलाई धेरै शिक्षा मिल्न सक्छ।वास्तबमै कम्युनिष्टहरुले ईतिहाश बाट पाठ सिकेर भबिश्य लाई निखार्छन।तर पनि हाम्रो देशमा त्यो बिचार धेरै पछि पर्दै गएकोछ।
माओले भनेको जस्तै धेरै पटक नापेर एक पटक कट्नुपर्नेमा काटेर बल्ल नाप्ने ब्यबहारले देशभित्र अन्यौलको अबस्था श्रृजित मात्र भयन कम्युनिष्ट पर्ति अबिस्वासको खाडल गहिरिँदै गएकोछ।
फ्रान्शको राजधानी रहेको पेरीसमा त्यँहाका मज्दुरहरुले सन१८७१को मार्च महिनामा मानव जातिको ईतिहाशमै कहिले मर्न नसक्ने बाहादुरी पुर्ण लडाई लडेर पुँजिपति बर्गको शाशन सत्तालाई पल्टाए। विस्वमा पहिलो पल्ट आफ्नो हातमा गरिब सोशित श्रमजिवि जनताले सत्ता ल्यायो।
उनिहरुले जब सत्ता आफ्नो हातमा ल्याए त्यसपछि त्यसलाई ‘पेरिस कम्युन’ भन्ने नाउँ दिएका थिए।त्यो बेला फ्रान्शमा पुँजिवादको बिकाश भैसकेको थियो।पेरिस एउटा उद्मोगिक नगरको रुपमा थियो।यँहा काम गर्ने मज्दुरहरु पटक पटक यँहाका पुँजिपतिहरुको आस्वाशन र धोखाका खाएपछि सचेत हुँदै गएका थिए।उनिहरुले माग्ने माग पराय बर्गिय शोषणलाई नै अनत्य गर्ने बिचारमा केन्द्रित हुँन्थ्यो।त्यँहाको पुँजिपती बर्ग राजतन्त्रवादी बनेको थियो भने त्यँहाका मज्दुरहरु गणतन्त्रवादी बन्दै गएका थिए।पटक पटक फलामलाई थिचेपछि धारिलो हुँन्छ भने जस्तै यँहाका मज्दुरहरु पुँजिपतिहरुको दमनबाट पटक-पटक थिचेर फौलाद बनिसकेका थिए।मज्दुरहरु निरन्तर ससस्त्र बन्दै गए र बर्ग शंघर्ष उच्च स्तरमा थियो।पुँजिपतिहरुले मज्दुरलाई निशस्त्र राख्न चाहान्थे।यँही कल्हको स्थितिमा सन१८४८मा मज्दुर बिद्रोह भयो तर त्यो बिद्रोहलाई दवाउन पुँजिपतिहरुले अत्यान्तै क्रूर ब्यबहार अप्नाए।तर त्यो पुँजिपतिको दमनले सबै जनतामा झन आक्रोश पलायो।अन्तर कल्ह बढ्दै गयपछि त्यँहाको राष्ट्रीय सभा भङ्ग भयो र सन१९५२मा नेपोलियनको भतिजो ‘लुई-बोनापार्ट”को साशन सुरुभयो।उस्ले पुँजिपतिहरु लाई मज्दुर बर्गबाट र मज्दुर बर्गलाई पुँजिपति बर्ग बाट रक्षा गर्ने जस्ता अनाबस्याक धाग लगाएर करिब आठ बर्ष सम्म सरकार चलायो। सन १८७०को सेप्टेमबरमा पेरिसमा बिद्रोह मचियो।त्यँहाका बासिन्दाहरु क्रान्ति को मैदानमा ओर्लिए।त्यँहा राष्ट्रीय गार्डको गठन गरियो।जो ठुलो संख्यामा मज्दुरहरु त्यसमा सामिल भए।उनिहरु सशस्त्रबन्दै गए।तर बुजुर्वाहरुले जनतालाई छक्काउँन फेरी गणतन्त्र कायम भएको घोषणा गरे।मन्त्री परिसदको अधक्ष एडोल्फ थिएर’बन्यो।मज्दुर बर्गको हक हितको रक्षाको बिषयलाई लिएर फेरी बिवाद चर्कियो।मज्दुरहरुले सशस्त्र बिद्रोह सुरुगरे।सरकारका मन्त्रीहरु पक्रिए,सरकारी भबनहरु कब्जा गर्दै गए। सरकारी सैना र मज्दुरको बिच युद्धको स्थिति देखेपछि थिएरले१८७१मार्च१८गते सैनालाई राष्ट्रीय गार्डका सबै हात हथियार खोस्न लगायो।तर त्यसको प्रतिकृया झनै उल्टाभयो।२८मार्चको दिन बिस्वको पहिलो मज्दुर राज्याको रुपमा पेरिस कम्युनको घोषणा गरियो।तर मज्दुरहरुको त्यो सत्ता कुल७१दिन मात्र टिक्यो।थिएरले अन्तरराष्ट्रीय रुपमा पुँजी पति सँग एकता गरेर भ्रसाई सेन सँग र जर्मनि सँग सैनिक सयायता लिएर त्यँहाका मज्दुरमाथि धावा बोल्यो ३५०००नेता कार्याक्रताको कत्तले आमा गरियो ५०हजार नागरिक लाई बन्दि बनायो।
पछि त्यस बारे कार्ल मार्क्सले अध्यायन गर्दै पेरिस कम्युनमा भयको कम्जोरी बारे गहन प्रकास पारेका छन।कम्युन भित्रै सैधान्तिक सुसम्पस्टता नहुँदा अन्तरबिरोध चर्किनु र वलाङ्किवादीहरुको बहुल्याता र पूर्धोवादीहरुको अल्पताको स्थितिले गर्दा कति पय नीति निरमाण गर्दा र कार्यान्वयन ठिक ढङ्गले नगर्दा आदी कमि कम्जोरी लाई ओर्लाएका थिए।कम्युनिष्टहरु सत्ता हातपारि सकेपछि पनि त्यो सत्तालाई बलियो र टेकाउ बनाउँन आपसि एकता र सहि समयमा ठोँश निर्णय लिन सक्नु पर्दछ भन्ने आईना देखाएकोछ।
हाम्रो देशमा कम्युनिष्ट भनौदाहरुले ईतिहाश बाट शिक्षालिनुको साटो आ-आफ्नो महत्वकाक्षिय सत्तालोलुप्ता र पद लोलुपतामा समय खेरा फाल्दै आएको ईतिहाश छ।कम्युनिष्ट चाहानेहरुले अनुसाशित र गोपनेतामा रहेर शंघर्ष गर्नुपर्दछ तर पहिले कम्युनिष्ट बन्नको लागि आफै सँग पनि शंघर्ष गर्नु पर्दछ।अल्पमतहरुको बिचारको कदर रसम्मान गर्दै बहुमतको निर्णयलाई कार्यान्वयन गर्न सिक्नु पर्छ।हामि ब्याक्तिवादी र भन्दा शिधान्तवादी बनेर मात्र कम्युनिष्ट बन्न सक्नेछौँ।

चर्चामा

सम्बन्धित समाचार