शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • हेलमेट नलगाएको आरोपमा ट्रक ड्राइभरमाथि १६ सय जरिबाना

हेलमेट नलगाएको आरोपमा ट्रक ड्राइभरमाथि १६ सय जरिबाना

  • मङ्लबार, चैत्र १०, २०७७
हेलमेट नलगाएको आरोपमा ट्रक ड्राइभरमाथि १६ सय जरिबाना

मोटरसाइकल चलाउँदा हेलमेट नलगाएमा जरिबाना हुनु त सामान्य हो । तर के ट्रक ड्राइभरले समेत हेलमेट नलगाउँदा जरिबाना तिर्नुपरेको थाहा छ ?

भारतको ओडिसास्थित गन्जम भन्ने ठाउँमा यस्तै एउटा अनौठो घटना भएको छ । त्यहाँ प्रमोद कुमार नामका एकजना ट्रक चालकमाथि हेलमेट नपहिरिएको कारण १ हजार भारु (नेरु १ हजार ६ सय) जरिबाना तिराइएको छ । जबकि ट्रक चलाउनका लागि हेलमेट लगाउनुपर्ने नियम चाहीँ छैन ।

गएको २४ डिसेम्बरका दिन गरिएको उक्त जरिबानाको समाचार हालैमात्र सार्वजनिक भएको छ । आफूलाई हेलमेट नलगाएको अभियोगमा जरिबाना गरिएको कुरा ट्रक चालकलाई तबमात्र थाहा भएछ जब उनी ट्रकको अनुमति नविकरण गर्नका लागि परिवहन विभागको कार्यालयमा गएका थिए ।

ट्रक चालकले भनेका छन्, ‘मेरो ट्रकको परमिटको म्याद सकिएको थियो । त्यसैमा आफ्ना गाडीको अनुमति शुल्क भुक्तान गर्नका लागि सडक शुल्क तिर्ने कार्यालयमा गएँ । तर उक्त कार्यालयका कर्मचारीले मेरो नाममा तीनवटा जरिबाना तिर्न बाँकी रहेको जानकारी दिए । मैले जरिबाना रकम तिरेँ र त्यसको रसीद लिएँ । जब मैले रसिद हेरेँ तब पो थाहा भयो कि एउटा जरिबाना त हेलमेट नलगाएको भनेर लिइएको थियो ।’ परिवहन विभागका कर्मचारीको लापरबाहीले त्यस्तो हुन पुगेको बताइएको छ ।

-एजेन्सी

चर्चामा

सम्बन्धित समाचार