शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • पूर्ण खोपयुत्त घोषणा पुुर्व तयारी कार्यशाला गोष्ठि सम्पन्न

पूर्ण खोपयुत्त घोषणा पुुर्व तयारी कार्यशाला गोष्ठि सम्पन्न

  • आइतवार, चैत्र ८, २०७७
पूर्ण खोपयुत्त घोषणा पुुर्व तयारी कार्यशाला गोष्ठि सम्पन्न

बाजुरा — पूर्ण खोपयुत्त नगरपालिका तथा गाँउपालिका घोषणा पुर्वतयारी कार्यशाला गोष्ठि जिल्ला सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यलय बाजुराको आयोजनामा कार्यशाला गोष्ठि गरिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
कार्यशाला गोष्ठिमा ९ बटै स्थानिय तहका प्रमुख, उपप्रमुुख, प्रमख प्रशासकिय अधिकृत, स्वास्थ्य संयोजक, प्रमुुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो । कार्यशाला गोष्ठिमा स्थानिय तहलाई पुणर् खोपयुक्त घोषणा पुर्व तयारीका बारेमा छलफल गरिएको थियो ।
जन्मेदेखी १५ महिना सम्मका सबै बालवालिकाले १२ वटा सरुवा रोग बिरुद्धको सम्पुणर् खोप लगाईसकेपछि पालिकालाई पुणर् खोपयुक्त घोषणा गर्ने रहेको स्वास्थ्य कार्यलय बाजुुराले जनाएको छ । पालिकामा सरोकारवाला निकायको सहभागितामा अनुुगमन पछि कोहि पनि नछुुटेको भए मात्र घोषणा गर्न मिल्ने स्वास्थ्य कार्यलय बाजुराका प्रमुुख पन्तले वताए ।
स्वास्थ्य कार्यलय बाजुराका महेश चन्दले सञ्चालन गरेको कार्यक्रममा खोपका बारेमा चार वटा प्रस्तुुतिकरण गरिएको थियो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय अधिकारी नरेन्द्र रोकायको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तब्य स्वास्थ्य कार्यलय प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
गौमुल गाउँपालिका यो भन्दा पहिलानै जिल्लाकै पहिलो पूणर् खोपयुतm गाउँपालिका घोषणा गरिएको छ । “खोप लगाउ, दिगोपना सुनिश्चित गरौं” भन्ने नाराका साथ जिल्लामा नै पहिलो स्थानीय तहका रुपमा गाउँपालिका घोषणा गरिएको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार