शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पनी बाह्रौँ जनगणनाको तयारी तिव्र

बाजुरामा पनी बाह्रौँ जनगणनाको तयारी तिव्र

  • आइतवार, चैत्र ८, २०७७
बाजुरामा पनी बाह्रौँ जनगणनाको तयारी तिव्र

बाजुरा — मेरो गणना, मेरो सहभागिता भन्ने आदर्श वाक्यका साथ देशव्यापी रुपमा सञ्चालन हुने बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को तयारी बाजुरामा पनि तीव्र पारिदै छ। हरेक दश वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणनामा कोही नछुटुन, कोही नदोहोरिउन भनेर संरचनात्मक लगायत जनशक्तिको व्यवस्थापन ईत्यादि कार्यहरू तीव्र रुपमा सञ्चालन भइरहेका छन्।

यसै क्रममा बाजुरामा यही चैत्र १ गतेदेखि तथ्याङ्क कार्यालय रहेकै भवनमा जिल्ला जनगणना कार्यालय स्थापना गरी कार्य प्रारम्भ भएको छ। मिति २०७७ चैत्र ५ गते प्रमुख जिल्ला अधिकारी तथा जिल्ला जनगणना समन्वय समितिका संयोजक श्री कृष्ण गैह्रेको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले बाह्रौँ जनगणना २०७८लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग ‌, समन्वय, अनुगमन, सुपरीवेक्षण, संलग्न कर्मचारीहरु र संकलित फारामहरुको सुरक्षा व्यवस्था मिलाउनुका साथै स्थानीय निकायसँग समन्वय र प्रचारप्रसार गर्ने निर्णय गरेको छ। जनगणना कार्यका लागि देशव्यापी रुपमा करिव ८ हजार सुपरीक्षक र ३९ हजार गणकहरु खटाईनेछन्।

हाल उक्त जनशक्ति छनोटका लागि विज्ञापन गरिएको छ। जनगणनाको महाअभियानमा सहभागी हुन चाहने योग्यता पुगेका नागरिकहरुले केन्द्रीय तथ्याङ्क विभागको वेभसाइट cbs.gov.np मा गई चैत १४ गतेसम्म फाराम भर्न‌ सकिने जिल्ला जनगणना कार्यालयका सहायक जनगणना अधिकारी दिपेन्द्र पाण्डेले बताए। उनका अनुसार बाजुरा जिल्लामा २०७८ बैशाख १ गतेदेखि कार्यक्षेत्र तोकिएका पाालिकामा परिचालित हुने गणक र सुपरीवेक्षकहरुको अनुगमन, सुपरीवेक्षण र फाराम संकलन ईत्यादी कार्य गर्ने गरी बुढीनन्दा नगरपालिका, बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरिने छ।

यस जनगणनामा विविध त‌थ्याङ्कहरु संकलन गर्न पहिलो चरणमा बैशाख २६ देखि जेठ १४ सम्म सुपरीवेक्षकहरु घरघरमा गई घर तथा घरपरिवार सूचीकरण फाराम भर्ने र दोस्रो चरणमा २०७८ जेठ २५ देखि आषाढ ८ गतेसम्म गणकहरुद्धारा मूख्य प्रश्नावलीमार्फत व्यक्तिगत, आर्थिक, सामाजिक, रोजगारी लगायत विविध तथ्याङ्कहरु संकलन गरिने छ। यो जनगणनामा अक्सर बसोबासका आधारमा विवरण संकलन गरिने र अन्य लिङ्गीको पनि गणना गरिने जनगणना अधिकारी कर्ण बहादुर क्षेत्रीले बताए।

चर्चामा

सम्बन्धित समाचार