शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बिपत जोखीम सम्बन्धी बाजुराका बिद्यार्थीले आफुले सिकेर अरुलाई सिकाउदै

बिपत जोखीम सम्बन्धी बाजुराका बिद्यार्थीले आफुले सिकेर अरुलाई सिकाउदै

  • शुक्रबार, चैत्र ६, २०७७
बिपत जोखीम सम्बन्धी बाजुराका बिद्यार्थीले आफुले सिकेर अरुलाई सिकाउदै

बाजुरा — भइपरि हुने जोखीम बाढि पहिरो भुकम्पहरु बाट बच्न र बचाउनका लागि नेपाल रेडक्रस सोसाईटी बाजुराले बालबालिकालाई तालिम लगायत पुर्ब तयारीका बिषयमा जानकारी दिने काम गरिरहेको छ ।
त्रिबेणी नगरपालिकाका बिभिन्न वडाहरुमा रहेका बाल क्लवहरु र बालबालिकाहरुलाई बिपत जोखीम सम्बन्धी सिकाई तथा बिपत जोखीम सम्बन्धी तालिम दिदै आएको छ ।
सो नगरपालिकाका बिद्यार्थीहरु बिपत जोखीम सम्बन्धी ज्ञान र सिप राम्रो रहेको पाइएको छ । नेपाल रेडक्रस सोसाइटी बाजुराको आयोजना यूनिसेफको सहयोगमा तालिम दिएको र बिद्यार्थीहरुले बिपत जोखीम सम्बन्धी राम्रो ज्ञान लिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापती रम बहादुर शाहीले बताए । नेपाल रेडक्रस बाजुराको आयोजनामा संचालन भएको कार्यक्रममा सिप सिकेका बिद्यार्थीसंगको सिकाइ आदन प्रदान कार्यक्रममा बिद्यार्थीहरुले गरेको कार्य राम्रो रहेको स्थानीय सुर बहादुर बुढाले बताएका छन ।
यो सिपलाई आफ्नो छर छिमेकमा समेत सिकेको कुराहरुलाई सिकाउन सिपको कार्यन्वयन गर्न बिद्यार्थीहरुलाई रेडक्रस बाजुराका सभापती शाहीले अनुरोध गरेका छन् ।
त्रिबेणी नगरपालिकाका बिद्यार्थीहरु तथा बाल कल्वका पदाधिकारीलाई बिपत जोखीम बाट बच्न र बचाउन उद्धार गर्ने लगायत पुर्ब तयारीका बिषयमा नेपाल रेडक्रस सोसाइटी बाजुराको आयोजना र युनिसेफको सहयोगमा तालिम दिइएको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक इस्वरी सुबेदीले बताएकी छन । बिद्यार्थीहरुलाइ आगो नियन्त्रण, भुकम्प आउदा अपनाउने बिषय लगायत बिभिन्न तालिमहरु दिएको सुबेदीले बताइन ।

नेपाल रेडक्रस सोसाइटी बाजुराको आयोजनामा बुधबार जिल्ला स्थरिय सरोकारवालाको सयुक्त अनुगमन पनि गरीएको छ । नेपाल रेडक्रस सोसाइटी बाजुराद्धारा संचालन गरिएका कार्यक्रमहरुको जिल्ला स्थरिय अनुगमन टोलीले पनी रेडक्रस बाजुराले गरेको काम प्रति सन्तुष्टी रहेको अनुगमन टोलीका सदस्य जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिह ठगुन्नाले बताएका छन । प्रहरी भन्दा पहिला यहाका स्थानीय युवाहरु नै घटना स्थल पुग्ने र उद्धारमा छिटो छरीतो गर्न सिकाइएको सिपले प्रहरी प्रशासनलाई पनी सघाउ पुग्ने प्रहरी निरीक्षक ठगुन्नाको भनाई रहेको छ । भईपरी आउने समस्यालाई न्युनिकरणमा त्यहाका बालबालिकाहरुले सिकेको सिपले भइपरि हुने दुर्घटनामा उल्लेख्य काम हुने बिश्वास रहेको अनुगमन टोलीका सदस्य तथा नेपाल पत्रकार महासघं बाजुराका सदस्य लक्ष्मीराज पाध्यायले बताए ।
त्रिबेणी नगरपालिका वडा न ६ सिम कृष्ण नगर पन्धारमा रहेको गायत्री आधारभुत बिद्यालयको छाना छाउन पनी नेपाल रेडक्रस सोसाईटी बाजुराले सहयोग गरेकोमा स्थानीले खुसी ब्यक्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार