शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • भुईँकटहरलाई लिएर किन भिडे चीन र ताइवान ?

भुईँकटहरलाई लिएर किन भिडे चीन र ताइवान ?

  • शनिबार, फाल्गुन २२, २०७७
भुईँकटहरलाई लिएर किन भिडे चीन र ताइवान ?

ताइवानबाट आउने भुईँकटहरमा किरा पाइएको भन्दै चीनले प्रतिबन्ध लगाएको हो । अर्थात् आयातित भुईँकटरहरुमा चीनले जैविक सुरक्षाको कारण देखाएर बन्देज लगाएको छ । जसका कारण ताइवानलाई ठूलो नोक्सानी पुगेको छ । चीन र ताइवानबीच राजनीतिक विवाद त छँदैछ, अहिले भुईँकटहरका कारण पनि विवाद चुलिएको छ । चीनले हालै ताइवानबाट आयात हुने भुईँकटहरमा बन्देज लगाएको छ ।

वास्तवमा भुईँकटरहर ताइवानी अर्थव्यवस्थाको ठूलो आधार हो । ताइवानमा धान र चिनीपछि तेश्रो ठूलो उत्पादन नै भुईँकटहर हो । ताइवान संसारमा सबैभन्दा धेरै भुईँकटरहर उत्पादन गर्ने देशमध्येको एक हो । त्यहाँ वार्षिक ४ लाख २० हजार टन भुईँकटरहर उत्पादन हुन्छ ।

तर चीनले फलमा किरा पाइएको भन्दै एकाएक ताइवानबाट हुने भुईँकटहरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । ताइवानको विदेश मन्त्रालयले भने चीनको उक्त कदमको विरोध गर्दै चीनले आफ्नोविरुद्धमा दुष्प्रचार गरेको दाबी गरेको छ । ताइवानले निर्यात गर्ने भुईँकटहरको अधिकांश हिस्सा चीनमा आयात हुन्छ । सन् २०२० मा चीनले ताइवानबाट साढे ४१ हजार टन भुईँकटहर खरिद गरेको थियो । जसको मूल्य डेढ अर्ब डलर परेको थियो ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार