मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • १० सेकेण्डको भिडियो क्लिप ८० करोडमा बिक्यो (भिडियो सहित)

१० सेकेण्डको भिडियो क्लिप ८० करोडमा बिक्यो (भिडियो सहित)

  • शुक्रबार, फाल्गुन २१, २०७७
१० सेकेण्डको भिडियो क्लिप ८० करोडमा बिक्यो (भिडियो सहित)

अमेरिकी डिजिटल आर्टिस्ट बिपलको एउटा जम्मा १० सेकेण्डकेा भिडियो क्लिप झण्डै ८० करोड रुपैयाँमा बिक्री भएको छ । त्यो भिडियो झ्वाट्ट हेर्दा त्यतिधेरै रकम पर्नुपर्ने कुनै कारण देखिँदैन । तर, भिडियो यतिधेरै चर्चित भयो कि अन्ततः करोडौँमा बिक्री हुने बहुमुल्य चिज बन्यो ।

गत अक्टोबरमा मियामीका एक कलाकृति संकलनकर्ता पाब्लो रोड्रिगेजले उक्त भिडियोलाई ६७ हजार डलरमा खरिद गरेका थिए । सोही भिडियो हाल उनले ६६ लाख डलरमा बिक्री गरेका हुन् ।

वास्तवमा डिजिटल आर्टिस्ट बिपलले बनाएको उक्त भिडियोको अथेन्टिकेसन ब्लाकचेनसँग छ । यस्तोमा जोसँग यसको ओरिजिल प्रति हुन्छ उसको डिजिटल सिग्नेचरबाटै त्यो खुल्दछ । यसलाई नन फंगेबल टोकन अर्थात् एनएफटी पनि भनिन्छ ।

यो विशेष खाले प्रविधिको लोकप्रियता कोरोना कालयता निकै तीव्ररुपमा बढिरहेको छ । मानिसहरुले यसअघि अनलाइमा उपलब्ध यस्ता वस्तुहरुलाई सहजै कपी गर्न सक्दथे । तर ब्लाकचेन प्रविधिमा कुनै पनि सामग्री तबमात्र खुल्दछ जब उसको सही मालिकको डिजिटल सिग्नेचरले त्यसलाई खोलिन्छ ।

कम्प्युटरबाट तयार गरिएको उक्त भिडियोमा एक विशाल आकारको डोनाल्ड ट्रम्पलाई मैदानमा लडाइएको छ र उनको नांगो शरीरभरी नै नाराहरु लेखिएको छ । अमेरिकी राष्ट्रपति चुनाव अगाडि नै उक्त भिडियो बनाइएको थियो । तर ट्रम्पको हारपछि यो भिडियो एकाएक चर्चित बनेको हो ।

कलाकार बिपल पछिल्लो १२ वर्षमा दैनिक एउटा डिजिटल भिडियो वा तस्वीर बनाउँदछन् । अहिलेसम्म उनले ४ हजारभन्दा धेरै कृतिहरु बनाइसकेका छन् र उनका डिजिटल कृतिहरु उधुम बिक्री हुने गर्दछन् ।

युट्युब तथा अनलाइनमा उनका तस्वीर तथा भिडियोहरु निःशुल्क हेर्न सकिन्छ । तर सक्कल प्रति चाहिँ खरिद गर्नु पर्दछ । उनका कृतिहरु खरिद गरिसकेपछि ब्लाकचेन प्रविधिबाट खरिदकर्ता त्यसको असली मालिक बन्दछ ।

एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार