बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • उठ जागौ मदेशी पहाडी र हिमाली

उठ जागौ मदेशी पहाडी र हिमाली

  • बिहिबार, फाल्गुन २०, २०७७
उठ जागौ मदेशी पहाडी र हिमाली

उठ जागौ मदेशी पहाडी र हिमाली सबै,
अखण्ड देशको लागि हामि नेपाली सबै।

हटाउ यो देशबाट साम्राज्यावदी किल्ला,
शान्ति आउँनेछैन संघियता नफाली सबै।

कसैले आँखा लगाउँछभने हाम्रो ध्वजमा,
उर्लेर आउनुहै मेची अनि महाकालि सबै।

शुन्दर हिमालको काख सगरमाथा छाँया,
दुनिया भरी सबभन्दा वीर गोर्खाली सबै।

शंघर्ष गरी बचाएका हुन पुर्खाले देशलाई,
जाई लागेनौ आई परे रहन्न अपुताली सबै।

चर्चामा

सम्बन्धित समाचार