शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • कृषि ज्ञान केन्द्र बाजुराको अगुवाईमा १ लाख २५ हजार विरुवा रोपीयो

कृषि ज्ञान केन्द्र बाजुराको अगुवाईमा १ लाख २५ हजार विरुवा रोपीयो

  • बुधबार, फाल्गुन १९, २०७७
कृषि ज्ञान केन्द्र बाजुराको अगुवाईमा १ लाख २५ हजार विरुवा रोपीयो

बाजुरा — बाजुरा जिल्लामा यस बर्ष मात्रै १ लाख २५ हजार फलफुलका बिरूवा राेपीएका छन । गत बर्षहरू झै याे बर्ष पनी सरकारी अनुदान र किशानकाे लागतमा  १ लाख २५ हजार बिरूवा राेप्ने काम भइरहकाे कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशीले बताएका छन ।

गरिवी र अभावको जिल्लाको उपमा पाएको वाजुरा जिल्लालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले वि. स. २०७७ साल लाई फलफूल रोपण वर्ष घोषणा गरी वृहतरुपमा फलफूल विरुवा रोप्ने अभियान संचालन गरे अनुरुप यस वर्ष १ लाख २५ हजार हिउँदे फलफूलका विरुवा रोपेर ५०० हेक्टर क्षेत्रफलमा फलफूलको क्षेत्र विस्तार भएको सुचना अधिकारी जैशीले बताए । यो विरुवा संख्या विगतका वर्षको तुलनामा करिव पाँच गुणाले वढी हो उनले भने। यस वर्ष जिल्लामा विजु ओखर १९०५०, कलमी ‍ओखर ९००, टर्किवाट ल्याईएको च्यान्दलर जातको १ वर्षमै फल्ने ओखर २१२५० वोट रेपिएको छ भने १ वर्षमै फल्ने फुजि र गाला जातको स्याउ ४८००, अन्य जातको स्याउ ६५५००, किवी ३००० र नास्पाती/आरु/आरुवखडा ५०० विरुवा गरी जम्मा १ लाख १५ हजार फलफूल विरुवा रोपिएको  भने १० हजार जङ्गली मेलका वोटलाई कलमी गरी नास्पाती वनाईएको सुचना अधिकारी जैशीकाे भनाइ रहेकाे छ । यसरी विरुवा संख्याको आधारमा ‍ओखर २५८ हेक्टर स्याउ २०० हेक्टर किवी ८ हेक्टर र अन्य फलफूल ३४ हेक्टर गरी ५०० हेक्टरमा हिउँदे फलफूलको थप क्षेत्र विस्तार भएको छ ।
फलफूल रोपण वर्षको यस अभियानमा नौ वटै स्थानिय तहमा फलफूल रोपण दशक कार्यक्रमको शसर्त अनुदान कार्यक्रम अन्तरगत ५६५००, पिसवीन वाजुराको सम्पुर्ण परियोजना मार्फत २६५००, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जैतुन जोन अन्तरगत १२०० र कृषि ज्ञान केन्द्र वाजुरा मार्फत ३०८०० फलफूल विरुवा वितरण गरिएको छ भने सबै स्थानिय तहमा गरी १० हजार मेलका वोट कलमी गरी नास्पाती वनाईएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाेबिन्द्र सिजापतीले बताएका छन ।
“म रोप्छु हामी रोप्छौं सवैले फलपूल रोपौं, कृषक पेन्सन कार्यक्रममा सहभागी वनौं” भन्ने मुल नाराका साथ संचालन गरीएको फलफूल रोपण वर्षको अभियानमा सवै सरोकारवाला निकायको सहयोग र वाजुरालाई गरिवी र अभावको जिल्ला हैन अवसर र सम्भावनाको जिल्ला वनाउनका लागी कृषि विकासको अभियानमा जुटेका सम्पुर्ण वाजुरावासी कृषकहरुको लगनशिलता, मेहनत र सक्रियताका कारण यस वर्ष हिउँदे फलफूल रोपणमा राम्रो प्रगती हुने भएकाे ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । यसरी यति ठुलो संख्यामा फलफूल विरुवा रोपिनु भनेको वाजुरा जिल्लाका लागी निकै ठुलो उपलव्धि हो यस अभियान अन्तरगत केही वर्षमा रोपिएका फलफूलहरुले उत्पादन दिन शुरु गरेपछी वाजुराको गरिवी र अभाव अन्त हुने र फलफूलको जिल्ला भनेर चिनिने अपेक्षा गरिएको प्रमुख सिजापतीले बताए ।
शुदुरपश्चिम प्रदेशको स्याउ फल्ने एक मात्र जिल्ला वाजुरामा स्याउ, ओखर, किवी र कागतीको राम्रो सम्भावना भएकोले कृषि ज्ञान केन्द्र बाजुराले यी चार वटा फलफूललाई पहिलो प्राथमिकतामा राखी अभियानको रुपमा फलफूल रोप्ने कार्यक्रमलाई प्राथमिकता दिएको सुचना अधिकारी जैशीकाे भनाइ रहेकाे छ । आगामी वर्षवाट व्यवसायीक रुपमा फलफूल रोप्ने कृषकहरुलाई प्रतिवोट रु १०० का दरले स्याहार खर्च वापत नगद अनुदान दिने कार्यक्रम रहेको छ भने कृषकहरुलाई फलफूल खेती सम्वन्धि तालिम, सिंचाईको व्यवस्था, विरुवामा ५० देखि शत प्रतिशत सम्म अनुदान, विभिन्न कृषि औजारहरु हाते ट्रयाक्टर, सिकेचर, आरी, चक्कु, स्प्रेयर, कृषि चुन तथा निलोतुथो समेत कृषकहरुको माग अनुरुप उपलव्ध गराउँदै आएकोले कृषकहरु फलफूल खेती तर्फ आकर्षित हुँदै गईरहेका जनाएकाे छ । कृषकहरु यस वर्ष हिउँदको समयमा पानी नपर्दा रोपेको वोट मर्ने हो कि भन्ने चिन्तामा छन् तथापी कृषकहरुले वोकेरै भए पनि विरुवा रोप्दै पानी हाल्दै गरिरहेको अवस्था छ त्यसै गरी साँफे मार्तडी सडक कोरीडोरमा स्थानिय केरालाई प्रवर्द्धन गर्ने उदेश्यले २५ हजार केरा रोप्ने अभियान समेत निरन्तर जारी रहेको सुचना अधिकारी जैशीले बताए । यहि रफ्तारमा फलफूल खेतीको क्षेत्र विस्तार हुँदै गएमा बाजुराको गरिवी र अभावको अन्त हुन धेरै समय लाग्ने छैन ।

चर्चामा

सम्बन्धित समाचार