शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • लोभले लाभ लाभले बिलाप

लोभले लाभ लाभले बिलाप

  • आइतवार, फाल्गुन १६, २०७७
लोभले लाभ लाभले बिलाप

सुरेशकुमार पान्डे।
दुई तिहाईको बहुमत भनेको मामूलिकुरा होईन।यदी साँच्चैका कम्युनिष्ट पार्टीनै हुँन्थे भने यतिका यो देशको काया पलट हुन्थ्यो।ओली सरकार प्रति जनताको अघात बिस्वाश पनि थियो,पिहेलेको पटक उन्ले देशभक्ति भावना पोखेका पनि थिए।ओली बाट संघियताको पनि बिरोध भयको थियो।
तर भन्निन्छ नी “लोभले लाभ लाभले बिलाप”त्यस्तै अबस्था यँहाहरुको भयो।ओलीको कार्याकालमा प्रचण्ड गुटको पनि उन्लाई यो अबस्थामा पुराउँन धेरै थोरै भुमिका त अबस्यछ तर पनि प्रमुख गलति ओली ज्युको नै हो भन्ने तमाम आधारहरु भेट्टिन्छन।
पुषको५गते संसद बिघटन गर्ने सिफारीश र मंगसिरको१७-२७गते मध्याब्दि निर्वाचनको सिफारीस गरेपछि ओली सरकारले यो अबस्था झेल्नुपरेकोहो।उन्ले वास्तबमा आफु त्यो अबस्विसको प्रस्ताबमा गएपछि हार्ने डरले जीतको शंक्षिप्त बाटो छोपेका हुँन।तर पासा पलटियो उन्लाई सत्ताको लोभले यति कम्जोर बनायो उन्ले सहि के हो गलत केहो त्यो छुट्टाउँन सकिनन्।उनि अप्रजातान्त्रिक र असंबैधानीक बन्न पुगे।
देशभित्र जस्तो सुकै भय पनि संसारको नजरमा कम्युन्ष्टको सरकारछ।जब नेपालमा २०४६को जन आन्दोलनपछि देशको माहोललाई मुल्यांकन गरियो उनिहरुले जनताको चाहान बाट फाईदा लिन तत्कालिन माले र मार्क्सवादी मिलेर२०४७पुषको २२गते नेपाल कम्युनिष्ट पार्टी एकिकृत(एमाले)बनाएका थिए तर पहिलो निर्वाचन २०४८मा२०५सिट मध्य नेपाली काँग्रेस११०,नेकपा एमाले६९सिट जीतेका थिए।त्यो बेला राप्रपा(चन्द)३,र थापा१सिट जीतेका थिए।छोटो समयमा२०५१को मध्याब्दि निर्वाचनमा एमाले ८८,काग्रेस८३ र राप्रपा२०जित्न सफल भयो।यँहा हेरौँ नेपाली काग्रेश को छोटो समयमै जनतामा प्रभाव कम भयो भने एमाले लाई फाईदा भयो तर राप्रपालाई धेरै फाईदा भयको थियो।
कसैलाई पनि सम्पष्ट बहुमत नमिलेपछि मन मोहन अधिकारी ठुलो दलको नाताले सरकार बनाउँन लाई बोलाईयो र अल्पमतको सरकारले १४मंसिरमा सफत गह्रण गरे उन्लाई ३०दिन भित्रमामा बिस्वासमत हाशिल गर्नु थियो।
उन्ले पहिलो चोटी बिस्वास मत २०५मध्य१९८हासिल गरे अर्थात उन्लाई बिपक्षहरु सबै जसोले बिस्वासको मत दिएका थिए।तर १००दिन पुग्दा नपुग्दै उन्को बिरुद्धमा जेष्ठको २५गते काग्रेसका७१जनाले अबिस्वासको प्रस्ताब गरे।राप्रपा सँग मिलेर सरकार बनाउँने हल्ला मात्र भयो राप्रपा समेतले उन्को साथ नदिने देखेपछि मनमोहन अधिकारीले प्रतिनीधि सभाको बिघटनको जेष्ठको२६गते श्री५समक्षा सिफारीस चडाए।श्री५ले अषाड२गते प्रतिनिधि सभाको अधिबेशन बोलाएकै बेला पुनःजेष्ठको३०गते नै मनमोहन सरकारले प्रतिनिधि सभालाई बिघटन गरी मंसिर७गते आम निर्वाचन हुँनेघोषणा गर्न पुगे जस्को बिरोधमा सातौटा रिट निबेदनहरु सर्वोच्च अदालतमा पुगे।त्यो सर्वोच्चले गलत ठहरायो र संसद पुनबहाल गर्न भन्यो।
त्यो बेलाको छनक अहिलेको ओलि सरकारमा पनि आयो।त्यो देशमा पहिलो नाम मात्रको भयपनि कम्युनिष्टको सरकार यसरी पतन भयको थियो।उनिहरुले गरेको एकता पनि चुनावी दल-दलका लागि थियो।पछि माओवादी सँग गरेको एकता पनि मात्र सत्त मोहनै थियो।
उनिहरुको संबिधान सभाको बेला आलो-पालो गरेर सरकारको स्वाद चाख्ने बानि परेकोले गर्दापनि एउटाले आर्काको खुट्टा तान्ने प्रबृती बन्दै आएकोहो।खास गरेर अहिले उनिहरुलाई कसरी सरकारमा जाने भन्ने मात्र चिन्ताछ।देशको बारेमा जनतन्त्रको बारेमा र जनजीवीकाको बारेमा उनिहरुलाई कुनै सरोकार छैन।
यसै सत्ताको लोभले उनिहरु लाई पार्टी धुर्बीकर्ण गर्न सिकायो,जो लोभले लाभ भयको हो,तर दुई तिहाई नपचेर यो अबस्था आउँनु त्यो लाभले बिलाप भयको भन्नै पर्छ।
अहिले देशभित्र छिमेकी लाई राम्रो लाग्ने सरकार बनाउँने कुराहरु आएकाछन।कयौँले एम सीसीलाई सहि भनेर नेताको चम्चा भयको देखाउँन खोज्दैछन।
यो सरकार मा ठुलो बिवाद पहिलो एमसीसी हो भने आर्को छिमेकी बाट खोसिएको भुभागलाई नक्सामा सामिल गरेपछि को आर्को बिवादहो।यिनै दुईटा मुद्धाले दुई तिहाईलाई सडकमा डोराएको हो।अहिले सरकारमा जानेले यिनै मूद्धामा नयारुप बाट नतमस्तक भयर साम्राज्यावादको दलालि गर्ने कुरा प्रष्टछ।यो मात्र होईन देशमा धर्म निरपक्षियताको ठाउँमा हिन्दु धर्मको बकालत गरेर देश तथा बिदेशी शक्तिको समर्थन पाउँने होडपनि प्रबलछ।देशका नेताहरुलाई किन्ने र देशको ढुकुटी रित्ताउँने खेलपनि हुँनेछ।यँहा देशभित्र सदियौँ देखिनै यो लोभले लाभ लाभले बिलाप हुँदै आएको अबस्था छ।

चर्चामा

सम्बन्धित समाचार