शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • अदालतले तोकेकै समयमा संसद्‍ बोलाउने निर्णय, राजीनामाका लागि प्रधानमन्‍त्री तयार

अदालतले तोकेकै समयमा संसद्‍ बोलाउने निर्णय, राजीनामाका लागि प्रधानमन्‍त्री तयार

  • बुधबार, फाल्गुन १२, २०७७
अदालतले तोकेकै समयमा संसद्‍ बोलाउने निर्णय, राजीनामाका लागि प्रधानमन्‍त्री तयार

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेपछि ओली समूहको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

‘सर्वोच्च अदालतको संवैधानिक इजलासबाट गरेको फैसला र यसको प्रभावको विषयमा छलफल गरेका छौँ । नेकपा शक्ति पृथकीकरण, लोकतन्त्रका मूल्य मान्यता र विधिको शासन मान्ने पार्टी हो’, ज्ञवालीले भने, ‘संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्चले आफ्नो भूमिका स्थापित गरेको छ । सर्वौच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेका छौँ ।’

उनले अदालतले तोकेकै समयमा संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको उल्लेख गरे । त्यसैगरी ओली समूहले समग्र परिस्थितिको छलफलका लागि चाँडै केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री ओलीको राजीनामाको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै ज्ञवालीले आवश्यक परामर्शपछि राजीनामा आउने बताए । यद्यपि संसदीय खेलले मुलुक बन्दक हुने अवस्था हुने भन्दै तत्काल राजीनामा नदिने उनले प्रष्ट पारे ।

यसअघि देशका विभिन्न ठाउँमा गर्ने भनिएका कार्यक्रमलाई निरन्तरता दिने निर्णयसमेत बैठकले गरेको ज्ञवालीले बताए ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् । #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार