शनिबार, फाल्गुन २२, २०७७
  • होमपेज
  • समाचार
  • सर्वोच्च अदालतको फैसलालाई नेविसंघद्वारा स्वागत

सर्वोच्च अदालतको फैसलालाई नेविसंघद्वारा स्वागत

  • बुधबार, फाल्गुन १२, २०७७
सर्वोच्च अदालतको फैसलालाई नेविसंघद्वारा स्वागत

नेपाल विद्यार्थी संघले सर्वोच्च अदालतको फैसला लोकतन्त्र,संविधान र नेपाली जनताको पक्षमा रहेको भन्दै यो फैसलाले नेपाली जनतामा अदालतका प्रतिको आस्था र बिश्वास अझ वढाएको बताएको छ।
संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस र यसका सवै भात्री संस्था संधै बिधीको शासनको पक्षमा रहने,सॅधै अदालतको निर्णयको सम्मान गर्ने र यो निष्ठालाई गलत ढंगले प्रचार गर्नेहरु आज परास्त भएको जनाएका छन ।
संघका महामन्त्री बलदेब तिमल्सिनाले फैसला पछि जनताले जितेको दिन भन्दै
सर्बसत्ताबादी र प्रतिगामी ओलिको असंबैधानिक कदमलाई बदर गर्दै सर्बोच्च अदालतबाट आएको फैसला स्वागत योग्य रहेको भन्दै बिधि लाई मिच्ने र अधिनायकवाद लाद्न खोज्ने जो कोहीलाई पनि लोकतन्त्र र विधिको सासन अगाडी घुँडा टेक्न बाध्य बनाइने बताएका छन । महामन्त्री तिमल्सिना ले भने- ” ईतिहास साक्षी छ, जीत सधैं सत्य र न्यायकै पक्षमा हुन्छ”

No description available.

चर्चामा

सम्बन्धित समाचार