शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीले उद्घाटन गरेको शिलालेख तोडफोड

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको शिलालेख तोडफोड

  • सोमवार, फाल्गुन १०, २०७७
प्रधानमन्त्री ओलीले उद्घाटन गरेको  शिलालेख तोडफोड

 प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे माघ १२ गते दाङ देउखुरीको राप्ती नदीमा नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ ।

सिसहनिया-महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अनावरण समेत गरेका थिए । पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको भएको छ । कसले र किन शिलालेख तोडफोड गर्याे भन्ने बारेमा आधिकारीक जानकारी आउन बाँकी छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले शिलालेख तोडफोड गरेको बारेमा अनुसन्धान सुरु भएको बताएका छन । शिलालेखमा लेखिएको विवरणमा त्रुटि भएको विषयमा उद्घाटनको दिन महादेवा क्षेत्रका स्थानीयबासिन्दाले सुझाव दिएका थिए ।

पुल महादेवाको क्षेत्रमा बनेको तर, पुलको नाम शिलालेखमा सिसहनिया पुल लेखिएको भन्दै गुनासो आएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ साल मंसिर २२ गते शिलान्यास गर्नु भएको थियो । झण्डै एक अर्ब रुपैयाँको लागतमा बनेको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।

तर, पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।

चर्चामा

सम्बन्धित समाचार