शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • गनतब्य एकै ठाउँ हो भने फुट किन?

गनतब्य एकै ठाउँ हो भने फुट किन?

  • सोमवार, फाल्गुन १०, २०७७
गनतब्य एकै ठाउँ हो भने फुट किन?

खास गरेर हाम्रो देशमा कम्युनिष्ट आन्दोलन फुट जुट र फुटमा अगाडि बढ्दै आएकोछ।बिस.२००६सालमा गठन सँग सँगै पार्टीभित्र बिभिन्न मत भेदहरु आई राखे पार्टिको गठनलाई लिएर, पार्टीका सँस्थापकलाई लिएर पनि बिबाद हुँदैआए।राणा साशनको अनत्य पछि लामू समय सम्म २००७सालको घटनालाई के भन्ने बारेपनि बिवाद आयो।झिना मसिना बिषय बस्तुमा पनि ठुला-ठुला मतभेदको सामना गर्नुपरेको ईतिहाश पनिछ।तर फुट्ने बेला भने अनाबस्याक बखेडा खडागरेर फुटेका कयौँ उधारणहरु भेट्टिन्छन।कम्युनिष्टको आधारभुत सिधान्त भनेको बर्ग शंघर्ष, जनवादी केन्द्रियता,अनुसाशन हुँन।वास्तबमा बर्ग शंघर्ष भनेको नै कम्युनिष्टको मूलभुत एजैण्डा हो र मार्क्सवाद लेनिनवाद मार्गदर्शन हो।यो मार्क्सवाद-लेनिनवादको रिढ हो।मार्क्सवादको श्रमजीवी बर्गले आफ्नो मुक्तिको लागि,अथवा शोसित बर्गले सोशक बर्ग सँग सत्ता खोस्नुपर्छ भन्ने मान्यातालाई सर्व प्रथम का.लेनिनले ब्यबहारमा प्रयोग गरेर देखाएका कारण मार्सवाद-लेनिनवादको मिश्रृण घालमेल भयको बुझ्नु पर्छ।हुँनता फ्रान्शको राजधानी पेरिसमा पहिलो पल्ट सन१८७१मार्चमा २८का दिन विस्वको पहिलो मज्दुर राज्याको रुपमा पेरिस कम्युनको घोषणा भयो।तर त्यो धेरै दिन टिक्न सकिन कुल ७१दिनमै त्यो मुज्दुरको साशन सत्ता खोसियो।त्यस्मा कयौ आफ्नै संगठनका बिचमा कति पय कमि कम्जोरी रहेको थियो।त्यसपछि १९१७को रुसको महान अक्टुबर क्रान्तिले बर्गशंघर्षको ब्याबहारमा पुष्टी गरेको थियो।त्यही मार्क्सवाद लेनिनवादको सद्धान्तमा टेकेर चीनमा सन१९४९मा का.माओ त्सेतुङ्गले नयाँजनवादी क्रान्ति सम्पन्न पारेर देखाउँनु भयो त्यो उँहाले मार्क्सवाद लिनिनवादकै सिधान्त अन्तर्गत नौलो जनवादी क्रान्ति गरेर यो प्रमाणित गर्नु भयो समाजवादमा जान नसक्ने देशहरुले पनि पहिले जनवादी क्रान्ति गरेर देशमा आर्थिक बृद्धी गरेपछि पनि समाजवादी ब्यबस्थामा जान सकिन्छ।जुन देशमा एकै पल्ट समाजवादमा जान सक्ने क्षामता छैन,त्यो देशले कृषि क्रान्ति गरेर समाजबादी क्रान्ति सम्पन्न गर्ने बाताबरण तैयार पार्न सक्छन।त्यही नीति र सिद्धान्तले हाम्रो देशमा क्रान्ति गर्ने उदेश्यले २००६सालमा कम्युनिष्ट पार्टीको स्थापना भयो।वास्तबमा कम्युनिष्ट सर्वहारा बर्गको पार्टि भयपनि यो निम्न पुँजिवादी धरातलमा उभिएको भयर पनी यस्तो निरन्तर चलिनै रहन्छ।गठन क्रान्तिको लागि भयता पनि क्रान्तिकारी अबस्था तैयार
भयन,बरु पटक पटक पार्टी फुट्दै गुट उप गुट हरु हुँदै गए।पार्टी सैधान्तिक मतभेदले भन्दा पनि आफ्नै जुँवाको सवालमा फुट्नु दुर्भाग्यनै भन्नु पर्छ।देशभित्र कम्युनिष्टमा आस्था राख्ने जनता करिब ६३%छन तर कम्युनिष्ट पार्टीले बिउ बचाउँन सकिरहेका छैनन।अहिले देशमा दुई तिहाई बहुमतको सरकार छ।जस्ले आफुलाई कम्युनिष्ट भन्छ कम्युनिष्ट बाट पतन भयर कम्युनिष्ट भन्नु उस्को मज्बुरी किन भयो?देशभित्रका जनताहरुले कम्युनिष्ट सरकार चाहानन्छन।त्यसको फाईदा लिन उनिहरुले कम्युनिष्टको लोगो लाई प्रयोग गरेकाछन।उनिहरु जुट्दा पनि कम्युनिष्टको सिधान्त बाट प्रेरित भयर होईन फुट्दा पनि होईन।उनिहरु सत्ताको लोभमा जुटे र सत्ताकै लोभमा फुटे।त्यो कम्युनिष्ट पार्टी होईन भन्नेकुरा कम्युनिष्टको बिध्यार्थिले पनि प्रष्ट सँग बुझेकोछ।तर सर्व साधारणलाई बुझ्न अलि समय लाग्छ।तर बुझेपनि सामन्तबादी र निम्न पुँजिवादी चिन्तनले गर्दा दिन दिनै निमेक गरेर ज्यान पाल्नेको सो्च पनि निम्न पुँजिवादी प्रकारकोछ त्यसैको फाईदा यि नेताहरुले उठाएकाछन।
अहिले कतिपयले सोध्छन कम्युनिष्ट पार्टी किन फुट्छ?कम्तिमा क्रान्तिकारीहरुमा त एकता हुँनु पर्नेहो।तर एउटा क्रान्तिकारी पार्टी भित्रपनि लगातार पार्टी फुट्ने गर्छ यो अबस्था निरन्तर आउँदै गर्छ। किन भने पार्टीमा बर्गशंघर्ष,जनवादी केन्द्रियता र अनुसाशन प्रमुख कुराहुँन
।जनवादी केन्द्रियता भनेको लाई हामिले अलि फराकिलो मष्तिकले बुझ्नु पर्छ।
बिचारमा स्वतन्त्रता काममा एकता।यो भनेको केहो?हामिले छलफल गर्न पाउँछौ त्यो हाम्रो जनवादहो।तर त्यो जनवाद जनताको माझमा होईन समबन्धित ठाउँमा मात्र राख्न मिल्छ भन्ने बिचारधारा केन्द्रियता हो भनेर बुझ्नु पर्छ।जब हामिले एउटा नीति त्य गर्छौ त्यसबारे छलफल गर्न पाउँनु पर्छ त्यो हाम्रो अधिकारहो तर त्यो छलफल बाट पारित भयको बिचारलाई लागु गर्ने क्रतब्य पनि हाम्रै हो।
यानिकी पार्टीको निर्देशन लाई बोकेर जनतामा जाने नेताले त्यो नीति मात्र बोक्छ,त्यो नीति कस्ले बनायो भनेर फिल्डमा जाँदैन त्यो उस्को अनुसाशन र गोपनेताहो,भनेर बुझ्नु पर्छ।
पार्टीमा आउँने जाने क्रम लगातार चलिरहन्छ।तर जानेहरुले गरेको काम उस्ले दिएको पार्टीलाई योगदान त्यो ऐतिहाशिक सत्यहो।यानिकी निसेधको निसेध नीयम यँहा पनि लागु भयको हुन्छ।एक जानाले थुप्रो काम गर्छ अनि आफु पलाईन हुँन्छ तर उस्ले गरेको बिकाशले पार्टी चलिरहेको हुँन्छ।त्यसकारण कुनै साथि पार्टी बाट गयो भन्दैमा उस्ले पार्टीमा छँदा गरेको योगदान र कार्यालाई पनि बिर्शिनु हुँदैन।
पार्टी मा लगातार फुट पनि हुन्छ र बिकासपनि हुँन्छ।हामिले कम्तिमा एकै ठाउँमा पुग्ने उदेश्य बोकेका सँग सँगै हिँड्ने प्रयात्न गर्नुपर्छ।समान्तरका पार्टी गुट बनाएर एक आर्कालाई गालि गरेर हामि कुनैपनिले गन्तब्य फेला पार्न सक्ने छैनौँ।

चर्चामा

सम्बन्धित समाचार