शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • समय कती अमूल्य हुँन्छ टाईम पास गर्ने लाई केथा

समय कती अमूल्य हुँन्छ टाईम पास गर्ने लाई केथा

  • सोमवार, फाल्गुन १०, २०७७
समय कती अमूल्य हुँन्छ टाईम पास गर्ने लाई केथा

समय कती अमूल्य हुँन्छ टाईम पास गर्ने लाई केथा,
डुबे कयौँ नदिमा नाउँ पिठ्यूमा चडि तर्ने लाई केथा।

लडाईमा हार हुन्छ जीत पनि हुन्छ यो सत्यकुरा हो,
शंघर्षको बारे कहिलेई मैदान मा न झर्ने लाई केथा।

भोक तिर्खा त मज्दुरलाई थाहाछ जो भोकै सुत्छन,
भोकको बारेमा सत्ता र भत्तामा सदै मर्ने लाई केथा।

ठोक्कर को नतिजा उसैलाई थाहा हुन्छ जो दौड्छ,
त्यसको ऐसाश सदियौँ घर्शिने बामे सर्ने लाई केथा।

एकता सिति मिति हुँदैन बलियो लालच भयो भनी,
एकताको फल आपत र बिपतमै न पर्ने लाई केथा।

अनुसाशनकै महत्व नजान्दा आफ्नै पनि बिरानाझैँ,
समाजमै त्यो छाडा भई कसै सँग न डर्ने लाई केथा।

चर्चामा

सम्बन्धित समाचार