बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सरकार पनि उस्तै बिदेशीको र खेल भयो

सरकार पनि उस्तै बिदेशीको र खेल भयो

  • बुधबार, फाल्गुन ५, २०७७
सरकार पनि उस्तै बिदेशीको र खेल भयो

यो सरकार पनि उस्तै बिदेशीको र खेल भयो,
साच्चै ब्यबहार देशको माटो सँग बेमेल भयो।

सरकारी सम्पत्ति नष्ट गर्छन खुल्लम खुल्ला,
निर्दोश अनि देशभक्तलाई समेत जेल भयो।

जीत त सदै उसैको हुँन्छ साम दाम दण्ड ले,
राष्ट्रियताकै हितमा लड्ने सदै ओझेल भयो।

प्रष्टै हुँदापनि राखिरहेका छन संघियता लाई,
जब की यो हाम्रो देशको माटोमा फेल भयो।

दुई तिहाई भित्र मारा-मार काटा काट हुँदैछ,
जनता को भागमा त सदै बिदेशी रेल भयो।

खै नियम कानून् जस्को लाठि उसैको भैशी,
याता यात मा पनि त उस्तै ठेलम ठेल भयो।

चर्चामा

सम्बन्धित समाचार