शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • संसद विघटनको कदमका विरोधमा कांग्रेस कार्यकर्ताहरूले गौरमा बिरोध प्रदर्शन

संसद विघटनको कदमका विरोधमा कांग्रेस कार्यकर्ताहरूले गौरमा बिरोध प्रदर्शन

  • मङ्लबार, फाल्गुन ४, २०७७
संसद विघटनको कदमका विरोधमा कांग्रेस कार्यकर्ताहरूले गौरमा बिरोध प्रदर्शन

मेवालाल यादव — रौतहट जिल्लाको सदरमुकाम गौरमा नेपाली काग्रेंसका नेता कार्यकर्ताले विशाल जुलुस प्रर्दशन गरेको छन । प्रधानमन्त्री खड्ग्रसाद ओलीको संसद विघटनको कदमका विरोधमा कांग्रेस कार्यकर्ताहरूले सोमबार गौरमा बिरोध प्रदर्शन गरेका हुन ।

गौर राइसमिलबाट शुरु भएको जुलुसले नगरपरिक्रमा गर्दै प्रधानमन्त्री ओलीको कदमका विरोधमा चर्को नारावाजी सहित बिरोध प्रदर्शन गरेका हुन् । कार्यक्रममा रौतहट क्षेत्र नं. का विघटित प्रतिनिधि सभाका नगर प्रमुख शेख वकिलले प्रधानमन्त्री खड्ग प्रसाद ओलिको घमण्डका कारण देश र जनताले दुख पाएको बताए । नगर प्रमुख शेख वकिलले प्रधानमन्त्रीले संविधान माथि कुठाराघात गरेर अधिनायकवाद लाददै सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन ।

वकिलको भनाइ अनुसार सरकारको गैरसंवैधानिक कदमको फैसला अब अदालतले गर्ने भएकोले ३ करोड जनताले न्यायलय तर्फ हेरिरहेको बताउँदै देश र संविधानको रक्षाका लागी काग्रेंसले आन्दोलन गरिरहेको उनले स्पष्ट पारे । वृहद बिरोध प्रर्दशनमा काग्रेंसका नेताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनःस्थापनाको माग सहित चर्को नाराबाजी समेत गरिएको कांग्रेसका नेता वकिल ले बताए ।सो बिरोध प्रदर्शन कार्यक्रममा परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल ,बिधायक रामचन्द्र गीरी ,नौसाद आलम ,नवालाकिसोर शाह ,नगर प्रमुख रामस्नेही यादव , नगर प्रमुख शेख सकिल ,रघुनाथ प्रसाद कलवार ,समाजसेवी शेख जुमाइ ,लालाबिहारी लगायतका नेता उपस्तिथी रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार