शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • नगरस्तरिय खाेज तथा उद्दार तालिम सम्पन्न

नगरस्तरिय खाेज तथा उद्दार तालिम सम्पन्न

  • सोमवार, फाल्गुन ३, २०७७
नगरस्तरिय खाेज तथा उद्दार तालिम सम्पन्न

बाजुरा — त्रिवेणी नगरपालिका वडा नम्बर ४ ताेलिमा सामुदायिक खाेज तथा उद्दार र अापतकनलिन सावास्थ विषयमा ३ दिनकाे नगरस्तरिय तालिम सम्पन्न भएकाे छ । खाेज तथा उद्दार अापत्कालिन स्वास्थ्य विषयमा ज्ञान , सीप अभिवृद्धि गर्ने , नगरस्तरमा जनशक्ति तयार गर्ने र नगर तथा वडाकाे क्षमता विकाश गर्ने उद्देश्यले तालिमकाे अायाेजना गरिएकाे हाे ।

माघ २८ गतेदेखि ३० गतेसम्म सञचालन गरिएकाे तालिममा २४ जनाकाे सहभागीता रहेकाे नेपाल रेडक्रस साेसाइटी बाजुराका कार्यक्रम संयाेजक इस्वरी सुबेदीले बताएकी छन। नेपाल रेडक्रस साेसाइटि केन्द्रीय कार्यालयकाे सहभागिता , युनिसेफकाे अार्थिक सहयाेग तथा त्रिवेणी नगरपालिका काे समन्वयमा सञचालन गरिएकाे तालिममा बाजुरा जिल्ला शाखाका काेषाध्यक्ष देवराज न्याैपाने, नेपाल रेडक्रस साेसाइटि केन्द्रीय कार्यालय का PMER अधिकृत मान बहादुर सिंह र सहजकर्ता चक्र थापा लगायतले सहजिकरण गरेकाे सुबेदीले बताएकी छन ।

तालिम समापन कार्यक्रमकाे नेपाल रेडक्रस साेसाइटि बाजुरा जिल्ला शाखाका उपसभापति उमा थापा कटुवालको अध्यक्षता सञ्चालन भएकाे थियाे भने कावा नगर प्रमुख कालू साउदकाे प्रमुख अाथित्यतामा प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी प्रसाद शाह, तुला बहादुर थापा र लाेकेन्द्र बहादुर शाही सहभागिता रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार