बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा दोस्रो चरणको काेराेना बिरूद्धकाे खोप आज देखी सुरु, काे काे लगाउदैछन खाेप

बाजुरामा दोस्रो चरणको काेराेना बिरूद्धकाे खोप आज देखी सुरु, काे काे लगाउदैछन खाेप

  • आइतवार, फाल्गुन २, २०७७
बाजुरामा दोस्रो चरणको काेराेना बिरूद्धकाे खोप आज देखी सुरु, काे काे लगाउदैछन खाेप

बाजुरा — बाजुरामा दोस्रो चरणको कोरोना बिरुद्धको खोप आज देखी सुरु हुने भएको छ । पहिलो चरणमा र्फन्टलाइनमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पछि दोस्रो चरणको खोप आज देखी सुरु हुने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
पहिलो दिन आज जिल्ला स्थित निजामती कर्मचारीहरु र न्यायलयका कर्मचारी १ सय ८५ जनाले खोप लगाउने भएका छन । त्यसै गरी फागुन ३ गते जिल्ला समन्वय समिति बैकं तथा बित्तिय संस्थाका कर्मचारीहरु, जिल्ला खोनपानी कार्यालय, जिल्ला प्रहरी कार्यालय नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलीकमका कर्मचारी १ सय ९४ जनाले खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै फागुन ४ गते नेपाल प्रहरीका जिल्ला सदरमुकाममा रहेका प्रहरी, खाद्य संस्थान, साल्ट टे्रडिङ, शिक्षाका लागि खाद्य कार्यक्रमका कर्मचरीहरु, जिल्ला स्थित पत्रकार र बडिमालिका नगरपालिकाका लक्षित समुह गरि २ सय २१ जनालाई लगाईने भएको छ ।
त्यस्तै गरि फागुन ५ गते बडिमालिका नगर पालिका र गौमुल गाउँपालिकाका लक्षित समुहलाई कोरोना बिरुद्धको खोप लगाउने कार्य रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।
६ र ७ गते टाटेँ स्वास्थ्य चौकीबाट ६ गते खप्तड छेडेदह गाउँपालिका र बुढिगंगा नगरपालिका ७ गते बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाका लक्षित समुह गरी ५ सय २७ जनालाई खोप लगाउने कार्यक्रम रहेको जनाएको छ ।
६ र ७ गते नै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वामिकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिका ६ गते ३ सय ४२ जना र ७ गते बुढिनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाका ३ सय ६१ जना गरी दोस्रो चरणमा २ हजार १ सय ३६ जनालाई कोरोना बिरुद्धको खोप लगाउने कार्य रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार