शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गुण्ड र बद्माश हरुको सञ्जाल भयो

गुण्ड र बद्माश हरुको सञ्जाल भयो

  • बुधबार, माघ २८, २०७७
गुण्ड र बद्माश हरुको सञ्जाल भयो

गुण्ड र बद्माश हरुको सञ्जाल भयो देशमा,
सरकार उनैलाई जोगाउँने ढाल भयो देशमा।

भूमाफियाले कृषियोग्य जमी पलाटिङ्ग गर्दा,
त्यसैले त प्रतेक बर्ष अनिकाल भयो देशमा।

बिदेशी बजारको भरमारछ जता सुकै आज,
साना तिना दोकानदार कङ्गाल भयो देशमा।

ठुला बडा डाँनलाई त नियम कानूनले छुँदैन,
भ्रष्टचारीहरुनै आज माला माल भयो देशमा।

चल्दा चल्दैको संसद बिघटन गरेपछि आज,
हेर्नुश त कति ठुल ठुला बबाल भयो देशमा।

देश र बिदेशमा बस्ने जनताले ल्ययौँ बहुदल,
अपच भए पछि त फाला फाल भयो देशमा।

चर्चामा

सम्बन्धित समाचार