शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • जो जस्को सरकार आएपनि मनपरी गर्छन

जो जस्को सरकार आएपनि मनपरी गर्छन

  • शुक्रबार, माघ १६, २०७७
जो जस्को सरकार आएपनि मनपरी गर्छन

जो जस्को सरकार आएपनि मनपरी गर्छन,
एक पटक जिते भनि जे पनि न डरी गर्छन।

जनताले थाहा पाउँनु पर्ने ब्यबहार नेताको,
अन्याय अत्याचार उनैले नै सदै भरी गर्छन।

दुई चार छाक भात र मासु खान पाए ढुक्कै,
थाहाछैन त्यो त एकैछिनमा रिकवरी गर्छन।

चिन्दै चिन्दैनन् नेताहरुले जितेर गएपछिता,
भोटलिने बेलामै मात्र नमस्ते घरीघरी गर्छन।

जनता ईन्का चिल्ला कुरामा नआउनु फेरी,
जनता सँग वादाहरु उन्ले थरी थरी गर्छन।

नियम कानून ता लाग्छ तिमि र मलाई मात्रै,
नेताले दलाली गर्न त सबै सिमा तरी गर्छन।

सेते जस्ताले भोट दिई पठाउँछन सरकारमा,
पुजिशन पाए बिदेशी चाक्रि खरखरी गर्छन।

चर्चामा

सम्बन्धित समाचार