बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा आजदेखी कोरोना बिरुद्धको खोप लगाइदै

बाजुरामा आजदेखी कोरोना बिरुद्धको खोप लगाइदै

  • बिहिबार, माघ १५, २०७७
बाजुरामा आजदेखी कोरोना बिरुद्धको खोप लगाइदै

बाजुरा — बाजुरा जिल्लामा पहिलो चरणमा ९ सय ३५ जनालाई कोरोना बिरुद्धको खोप लगाईने भएको छ । साे खाेप आज देखी सुरू गरिने भएकाे  स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुरामा माघ १५ देखि १९ गते सम्म ९ सय ३५ जनालाई खोप लगाइने भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । अन्य जिल्लामा हिजाे देखी सुरू भएकाे भए पनी बाजुरामा खाेप पुग्न ढिलाइ भएकाेले आज देखी सुरू गरिने बताएका छन ।
जिल्लाभरीमा जिल्ला अस्पताल बाजुरामा मात्र खोप केन्द्र रहेकाले सबैलाइ जिल्ला अस्पताल बाजुरामै खोप लगाईने भएको छ । स्थानिय तहका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविका, स्वास्थ्य संस्थाका अन्य कर्मचारी, कोरोना संक्रमित बाट मृत्यु भएका ब्यक्तिको सब ब्यबस्थापनमा खटिएका सुरक्षाकर्मी, स्थानिय तहमा सरसफाईमा खटिने कर्मचारीलाई पहिलो चरणमा खोप लगाईने भएको कार्यलय प्रमुख पन्तले वताए ।
माघ १५ गते बाट सञ्चालन हुने खोपमा पहिलो दिनमा १ सय २२ जनालाई लगाईने भएको छ । जसमा जिल्ला अस्पतालका ६७ जना, स्वास्थ्य कार्यलय बाजुराका १७ जना जिल्ला आयुर्वेद केन्द्र बाजुराका १३ जना र २५ जना सुरक्षकर्मीलाई लगाईने भएको छ । माघ १६ गते १ सय ६१ जनालाई खोप लगाईने भएको छ । त्यस्तै १७ गते २ सय ७ जना, १८ गते १ सय ९८ र १९ गते २ सय १० जनालाइ लगाइने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार