शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धार्मिक
  • २०७७ साल माघ १४ गते बुधबारकाे राशिफल

२०७७ साल माघ १४ गते बुधबारकाे राशिफल

  • बुधबार, माघ १४, २०७७
२०७७ साल माघ १४ गते बुधबारकाे राशिफल

विसं. २०७७ साल माघ १४ गते । बुधबार । ईश्वी सन् २०२१ जनवरी २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–चतुर्दशी, ४४ घडी ५१ पला, रातको १२ बजेर ५१ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–पुनर्वशु, ५२ घडी १७ पला, रातको ०३ बजेर ५० मिनेट उप्रान्त तिष्य । योग–विष्कुम्भ, ३५ घडी ३८ पला, बेलुकी ०९ बजेर १० मिनेट उप्रान्त प्रिती । करण–गर, मध्यान्ह १२ बजेर ४० मिनेट उप्रान्त वणिज, रातको १२ बजेर ५१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–गद योग ।

चन्द्रराशि–मिथुन, बेलुकी ०९ बजेर ३७ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३९ मिनेट । दिनमान २६ घडी ५० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मिय मित्र तथा दाजुभाइहरुको सहयोग पाइने हुँदा मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आयआर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुने योग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलीको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भइरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईंले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानो प्रयत्नले भौतिक वस्तुहरुको लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा वैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग हर क्षेत्रमा रहने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अस्वभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ, सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगती गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईंदेखि टाढिन सक्छन् । तरपनि वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यवसाय भने फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तरल पदार्थ तथा पानीसँग सम्बन्धित व्यापारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्ने फाइदा हुनेछ । पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ तथा वित्रिय क्षेत्रसँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउने ग्रहयोग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । गीत सङ्गीतको क्षेत्रमा रुची बढ्ने हुँदा केही समय रमाईलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनको सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा सेवा प्रवाह गर्नेहरुलाई रिझाएर महत्वपूर्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैंतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाफा कमाउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पतीपत्नी बीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाँड्हरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मायाप्रेममा अविश्वास बढ्नेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नु नै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लो पनको महसुस हुनेछ । पहिलेका सम्झौता भङ्ग हुनेछ भने साझेदारहरु बीच भनाभन हुने योग रहेको छ । पढाइ लेखाइमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउने छैन । विलासी सामान प्राप्तिको योग भएपनि तपाईं आफ्नै कारणले टरेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउन सकिनेछ । रुपैया पैसा बचत गरी नयाँ व्यापार व्यावसायमा लगानी गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साईड लाग्नेछन् । आफ्नो विशेष मान्छेलाई लिएर यात्रामा निस्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रयत्न गर्दा विभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज, बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा विशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुको उपयोग मार्फत् मनग्ने धन संग्रह गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलब्धि मूलक नतिजा नआए पनि आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार