शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कहिल्यै बढ्ने छैन यी ७ तरिकाले घटाएको तौल

कहिल्यै बढ्ने छैन यी ७ तरिकाले घटाएको तौल

  • सोमवार, माघ १२, २०७७
कहिल्यै बढ्ने छैन यी ७ तरिकाले घटाएको तौल

तौल घटाउँदा मानिसको व्यक्तित्वमा निखार आउनुका साथै शरीरलाई विभिन्न गम्भीर रोगबाट पनि जोगाउँछ । यद्यपि, मानिसहरु सर्टकट तरिकाले तौल घटाउने तरिका प्रति बढि आकर्षित हुन्छन् । तर के तपाईंलाई कम समयमा घटाइएको तौल स्वास्थ्यका लागि हानिकारक हुनुका साथै पुनः मोटाइने सम्भावना बढी हुन्छ भनेर थाहा छ ? तौल घटाउनका लागि विज्ञ यी ७ तरिकामा बढी जोड दिन्छन् । यी तरिकाले घटाएको तौल पुनः बढ्ने सम्भावना निकै न्यून हुन्छ ।

प्रोटिनः

फिटनेस एक्सपर्टका अनुसार हामीले खाने तीन छाकमा नै प्रोटिनको मात्रा बढाउनु पर्छ । खानामा प्रोटिनको मात्रा बढ्दा मांसपेशी बलियो हुन्छ र तौल घट्छ । शरीरले राम्रो चिजबाट पाएको प्रोटिनले बढी फाइदा पुर्याउँछ । कुखुराको मासु, अण्डा, बदाम, बिउ, साग सब्जी, दाल, सोया र दुग्धजन्य पदार्थ प्रोटिनको सबैभन्दा राम्रो स्रोत मानिन्छ ।

शरीरिक रुपमा सक्रियः

तौल घटाउनका लागि दैनिक नियमित रुपमा व्यायाम गर्न अत्यावश्यक छ । दैनिक एक घण्टा व्यायाम गर्दा तपाईं शरीरिक रुपमा सक्रिय हुनुहुनेछ जसले शरीरको बोसो र तौल दुबै कम गर्छ । तपाईंले हरेक ३० मिनेटमा करिब ३ मिनेट शरीरलाई नझुकाइकन पूरा भार दुबै खुट्टामा राख्नुपर्छ ।

धेरै क्यालोरी घटाउनुहोस्ः

तपाईं दिनभरी जति क्यालोरीको सेवन गरिरहनुभएको छ, त्यसलाई घटाउने कुरामा केन्द्रीत हुनुहोस् । यसका लागि भोको बस्ने गल्ती त कुनै पनि हालतमा नगर्नुहोस् । फाइबर र प्रोटिनयुक्त खानेकुरा खानुहोस् । यसले निकै लामो समयसम्म तपाईंको भोक नियन्त्रण गर्छ । फलफूल, सागसब्जी, बदाम, बिउ, दाल र सागसब्जी बढिभन्दा बढि सेवन गर्नुहोस् ।

हिँडाई बढाउनुहोस्ः

यदि तपाईं दिनभरी कुर्सीमा बसेर काम गर्ने बानीमा परिसक्नुभएको छ भने तपाईं यो बानी तुरुन्त बदल्नुहोस् । धेरैभन्दा धेरै हिँड्ने बानी पार्नुहोस् । तपाईं फोनमा कुराकानी गर्दै गर्दा पनि हिँड्न सक्नुहुन्छ । आफ्नो हिँडाई बिस्तारै बढाउने प्रयास गर्नुहोस् ।

पर्याप्त निद्राः

राती सुत्ने बेला ७ देखि ८ घण्टाको निद्रा पूरा गर्नुहोस् । यसमा स्लिप क्वालिटीको पनि निकै ठूलो महत्व हुन्छ । निद्रामा सुधारका लागि रक्सीको सेवन बन्द गर्नुहोस् । राती सुत्नुअघि एक कप दुधसँग थोरै सख्खर वा जाइफल खाँदा मिठो निद्रा लाग्छ । यसले प्रतिरोधी क्षमता विकसित गर्न पनि मद्दत गर्छ ।

अत्यधिक पानी पिउनुहोस्ः

पानी शरीरका लागि अत्यावश्यक छ । यसले तपाईंको शरीरलाई हाइड्रेट त राख्छ नै यसले तीब्र रुपमा तौल पनि घटाउँछ । शरीरमा पानीको पर्याप्त मात्राले सोडा वा सुगरले बनेको खानेकुराको क्रेभिङ (अत्यधिक खान मनलाग्ने) पनि बढ्न दिँदैन । उमेर, लिङ्ग र शारीरिक क्रियाकलापको हिसाबले पनि पानीको आवश्यकता निश्चित गर्नुपर्छ ।

घरमा बनेको खाना खानुहोस्ः

घरमा बनेको खाना नै सबैभन्दा पौष्टिक र फाइदाजनक हुन्छ । बाहिरको खाना वा प्याकेटबन्द खाना सकेसम्म कम खानुहोस् । जब तपाईं घरमा बनेको स्वादिष्ट र पौष्टिक तत्वले भरपुर खानाको सेवन गर्नुहुन्छ तब तपाईंलाई बाहिरको खाना खाने बानी छुट्छ । स्मरण रहोस्, क्यालोरी कम नगरिकन तौल कम गर्न सकिँदैन ।

चर्चामा

सम्बन्धित समाचार