बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • शाहीका छ मुक्तक

शाहीका छ मुक्तक

  • आइतवार, माघ ११, २०७७
शाहीका छ मुक्तक

१. कसैलाई मैले गरेको कार्य चटक लाग्छ ।
समाज सेवाकै खातिर खट्छु नाटक लाग्छ ।।
जो यसरी बिच्छ कि यो मुटुमा किलो बनेर,
प्रहार एकै हो चोट पटक-पटक लाग्छ ।।
२.
भेट नभयाको मस्तै भैगो भेट्न आ पाहुना ।
घरमा जेजे पाक्दो छ खाना बरु खा पाहुना ।।
भेट भयो खुशी लाग्यो सुखदुःख भयो हाम्मो,
तिनै दिन पुगिगया अब पुणो जा पाहुना ।।
३.
जिउ ढोक्न्या भयाभैगो राम्णो टाला चाँइन्या नाइ ।
सस्कार कि पाया भैगो गोरो छाला चाँइन्या नाइ ।।
आटोखान्या ढिडोखान्या पोर्सोसोर्न्या मेलाजान्या,
चाइया कि हो बुहारी डिम्पल गाला चाँइन्या नाइ ।।
४.
यहाँ अण्डा फुटेरै काम लाग्छ कस्तो अचम्म ।
खाडल त खनेरै काम लाग्छ कस्तो अचम्म ।।
फोहोर जो डंगुरमा मिसिने सौभाग्य पाउँछ,
कसैसँग छुटेरै काम लाग्छ कस्तो अचम्म ।।
५.
दाग भएपनि चन्द्रमामा चाँदनीको घेरो हुन्छ ।
जन्मिन्छ मर्छ मान्छे जिउँदोमा तेरोमेरो हुन्छ ।।
किन गर्छौ र सानो ठूलो खिचातानी बाँच्ने बेला,
समशान घाट नै पछि आफ्नै सेरोफेरो हुन्छ ।।
६.
कहिलेकाही यही बोल्ने मन भन्दा पत्थर कै विश्वास हुन्छ ।
पैसा त पसिनाले कमाइन्छ तर अत्तर कै विश्वास हुन्छ ।।
के बनायो खै भगवानले खाने लाउने पाउने नपाउने,
धनीलाई पलङ्ग होला गरीबलाई सोत्तर कै विश्वास हुन्छ ।।

चर्चामा

सम्बन्धित समाचार