बिहिबार, बैशाख ६, २०८१

बतास-लघुकथा

  • आइतवार, माघ ११, २०७७
बतास-लघुकथा

म बसेको नजीकै एउटा शुन्दर घर-परिवार थियो। उनिहरुका दुईटा फुल जस्ता छोरा र छोरी थिए।जब उनिहरु स्कुलको ड्रेशमा हुँन्थे कति शुन्दर लाग्थे कि कुनैले पनि साहेबका छोरा छोरीहरु जाँदैछन भनठान्थ्यो।नाथु र सरिताका दुईटा बच्चा थिए।नाथुले एउटा सरकारी फर्ममा चप्रासिको काम गर्थे, सरिता घर मा छोरा छोरीको देख भाल गर्थिन।दुबै जना देख्नमा पनि शुन्दर थिए।सरकरी क्वटरमा बस्थे घरमा कुनै पनि चिजको कमि थिएन।म त्यो घरमा अक्सर जाने गर्थे,मलाई देखेर उनिहरु खुसि हुँन्थे मलाई पनि उनिहरुको घरमा जान मन लाग्थ्यो।सरिताले घरलाई आफ्नै कला कृतिले सजाएको देख्दा आनन्द आउँथ्यो।म जैहिले पनि नाथु भयको बेलामानै त्यँहा जान्थे अन्याथा गईन।एक दिन मलाई नाथुले मेरो कोठामा पसेर जाम भाई हाम्रा घर भने गर्मिले परिसान त्यहि माथि लाईट गयको थियो।उन्को अनुरोध स्विकार्दै उनि सँगै साथमा नाथुका घर गयौँ। साँझ करिब साडे पाँच बजेको थियो होला उन्का स-साना फुल जस्ता शुन्दर बच्चाहरु आफ्नो रुममा होमबर्क गर्दै थिए।म र नाथु दाई पाहुँना बस्नलाई बनाएको कोठामा बस्यौँ।एकै छिन पछि सरिता भाउजुले दुईटा बटुकामा आफुले बनाएको जाँड लिएर आईन साहिद उनिहरुले नियमित साँझ पख एक एक गिलास पिउँदा होलान।मैले कहिले नपिएको भयर भाउजु यो केहो भनेर सोधे।,उन्ले छाङहो नी बाबु पिउँनु हुँदैनर?भनेर सोधिन पिउँदैन भनेपछि जिद नगरि मलाई एक कप चिया ल्याईन।उनि अति शुन्दर र सालिन देखिन्थिन कसैले पनि उन्लाई दुईटा बच्चाको आमा भनेर बिस्वास गर्दैनथ्यो।उस्तै नाथु पनि देख्दा शुन्दर थिए।भनिन्थ्यो उनि पहिले धेरै जड्या र जुवाडे थिए तर सरिता ले उन्को बानि सुधारेर मान्छे बनाएको भन्ने मैले अन्तै बाट सुनेको थिएँ।म यो सहरमा अलि नयाँ नै थिएँ।हामि समाजिक काम मा खुबै रुचाएर लागथ्यौँ
मलाई गिटारको सोक थियो,तर बजाउँन भने आउँदैन थ्यो।एउटा गिम्सनको गिटार किनेर आफ्नो कोठामा झुण्डाएको थिएँ।खालि भएको बेलामा बजाउँने प्रयास गर्थे तर कत्ति पनि जानिन।एक दिन नाथु मेरो त्यो सानो कोठामा आए नाथुको साथमा एउटा शुन्दर ठिटो पनि थियो।दाई आएको देखेर खुसि लाग्यो स्वागत गर्दै बश्न अनुरोध गरेँ।एउटा खाट थियो अरु केहि थिएन मसँग त्यहि खाटमा तिनौजना बसिम।उनि सँग आएको त्यो ठिटालाई आफ्नो भाई पर्ने बताए।उ अग्लो लामु कपाल पालेको देख्दा हिरो जस्तो शुन्दर थियो।यो गिटार हजूरले बजाउँनु हुन्छ?भन्दै मेरो उत्तरको बाटो नहेरी उस्ले भित्तामा टागेको गिटार निकाल्यो र बजाउँन थाल्यो।मपनि केहि नबोलि उस्लाई हेर्दै रहेँ ओहो त्यो गिटार त्यति राम्रो बज्दो रैछ बल्ल मलाई थाहा भयो।उस्ले एउटा गित” हेर यो हावाले उडाई लैजाला,जानुछ हामिलाई टाडा,बैरीछन दुनिया सारा” भन्दै यति शुन्दर गीत सुनायो।हामि दुबैले उस्लाईनै हेरि राख्यो,वहा वाह कस्तो शुन्दर सुरीलो स्वर उस्तै गिटारको धुन म धेरै प्रभावित भए।उनिहरु गीत सकिएपछि गिटार त्यँही झुण्डाई दिएर निस्के।भाई फेरीपनि आउँदै गर्नु है !मैले भने।मलाई गिटार सिकाउँछ कि उस्ले भन्ने आश पलायो।
अक्सर त्यो भाई मेरो कोठामा आउँन थाल्यो एउटा गीत सुनाउँदै जाँदै गर्थ्यो मलाई पनि यसरी बजाउँनुस भन्थ्यो तर मेरो दिमाखले भेटाउँन सकिन।नियमित आउँथ्यो एक आद घन्टा अनि गिटार बजाएर जान्थ्यो।मैले उस्लाई रक्तिमका गित गाएर सुनाउँन भन्थे उपनि त्यस्तै गर्थ्यो।”गित गाउँदै सिलिगुडि मिनि बसैमा,छुट्टायो दुष्टले एउटै सन्तानलाई”भन्ने गीत खुब राम्ररी गाउँथ्यो।केहिदिन पछि उ मेरो कोठामा आउँन बन्द भयो।उति बेला मोवेल पनि त थिएनन् त्यो भाई सँग सम्प्रकनै हरायो।धेरै दिन पछि नाथु टुक्रुक्क आई पुगे उनि अलि उदाश देखिन्थे एकछिन कोठामा बसे।दाई त्यो भाई कताछ आज कल यँहा त आउँन छाड्यो त?मैले बुझ्न खोजे।त्यो कतै भाग्यो यँहा छैन!उन्ले भने अनि बडि त्यसको बारे मा बोलेनन्।
पछि त्यो पुलिसको चौकिमा कसैले देखेर भन्यो मलाई नाथुले पुलिसमा उस्लाई खुब कुटायो।किन ?भनेर मैले प्रश्न गर्दा उस्ले पनि खै थाहा भैन भनेर भन्यो।रहस्य बुझ्न सकियन।
एकदिन म नाथुका घर गँए त्यो दिन नाथु घरमा थिएनन् त्यँहा पहिलेको जस्तो चहल पहल देखिन।सरिता भाउजुले बश्नुसन बाबु भनिन।म बैठकमा एकछिन बसेँ अनि खासै कुरा गरिनन्।दाई खैत भाउँजु?खै बाबु घर जाने तैयारीमाछौँ त्यही तैयारी गर्न कतै जानु भयकोछ।उन्ले भनिन र उनि पनि आफ्नो काममै लागिन।म बिदा लिएर फर्के तर अहिलेको घरको बाताबर्णले मलाई केही सङ्कासपद भने गरायो।
पर्सि पल्ट उनिहरु सबै परिवार घर गयको थाहा भयो।उनि करिब डेड मैना जतिको घरबाट फर्किदा उनि सँग आर्कै श्रिमिति थिन।
खै भाई कर्म भनौ वा भाग्य सरिताले हामिलाई छाडेर मरी अनि बच्चाको स्यार सुसार गर्न भनेर उसैको बैनिलाई लिएर आएँ भनेर मलाई सुनाए।नाथुको यो कुरा मलाई कत्ति पचेन।केहि त अबस्यपनि नाथुले हामि सँग लुकाएकाछन भन्ने मलाई लाग्यो।
केही दिन पछि बिस्तारै कुराहरु खुल्दै गए। उन्का छोरा छोरी पनि स्कुल छुटाएर छोरा भाईर भाईरै हिँड्न थाल्यो।छोरी पनि घरमा काम गर्ने गर्न थालि।असलमा त्यो गिटार बजाउँने भाई त्यो घरमा आएपछि त्यो घरनै बर्वाद भयकोरैछ।उसलाई नाथुले आफ्नो श्रिमति सँग सँगै देखेपछि पुलिसमा पिटाएछन।अनि आफ्नो श्रिमतिलाई गाउँमा छाडेर अर्कि बिहे गरेर ल्याएको खुलासा भयो।भाईरको बतासले उनिहरुको पुरा परिवारलाई तहस नहश पारेर छाड्यो।(यो मात्र कथा हो!यसका पात्र नाम कसै सँग मेल खाएमा सञ्जोग हुँनेछ)

चर्चामा

सम्बन्धित समाचार