शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम पूर्वानुमानः वर्षा र हिमपात

आजको मौसम पूर्वानुमानः वर्षा र हिमपात

  • आइतवार, माघ ११, २०७७
आजको मौसम पूर्वानुमानः वर्षा र हिमपात

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ । यसैगरी, आइतबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

भने, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै, राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

यता, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार