बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • परदेशी युवा द्वारा आत्माहत्या

परदेशी युवा द्वारा आत्माहत्या

  • शनिबार, माघ १०, २०७७
परदेशी युवा द्वारा आत्माहत्या

परदेशी युवा द्वारा आत्माहत्या लगातार भएकोछ,
सदैभरी बेखबर हाम्रो देशको यो सरकार भएकोछ।

पढ्न आएका बिध्यार्थिहरुले आत्म हत्या गर्दा ता,
बा आमाको त्यो आँखामा साउँन असार भएकोछ।

धन बिनाको मन भयर पनि त पुग्नेरैनछ समाजमा,
लाग्छ केहि पढाईको केहि आर्थिक भार भएकोछ।

आमा बा देखि टाडा बसेका युवाहरुमा त धेरैजसो,
मानसिक तनावनै आत्महत्याको आधार भएकोछ।

हेरन उता परदेश गएका छोरा छोरी झुण्डिएर मर्दा,
घरमा आमा र बा लाई लाश को ईन्तिचार भएकोछ।

सरकार थोरै समस्या ता बुझौँ अब देश र जनता को,
हाम्रो देशमा सदियौँ देखि आशुको ब्यापार भएकोछ।

चर्चामा

सम्बन्धित समाचार