शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बजार
  • मार्तडीमा गौमुल कोशेली घरको उद्घाटन

मार्तडीमा गौमुल कोशेली घरको उद्घाटन

  • शुक्रबार, माघ ९, २०७७
मार्तडीमा गौमुल कोशेली घरको उद्घाटन

बाजुरा– मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था गौमुल गाउँपालिका १ अम्लिसद्धारा संचालित गौमुल कोशेली घरको मार्तडीमा उद्धघाटन् गरिएको छ ।

कोशेली घरको शुक्रबार एक औपचारिक कार्यक्रमका विच निवर्तमान सांसद  लालबहादुर थापाले रिवन काटेर उद्धाटन् गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराको सहयोग तथा गौमुल गाउँपालिका कृषि विकास शाखाको प्रर्वद्धनमा उक्त कोशेली घर मार्तडीमा संचालनमा ल्याईएको मिलेमतो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र रोकाया रोकायाले बताएका छन् ।

गौमुल गाउँपालिकाको स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले गौमुल कोशेली घर मार्तडीमा संचालनमा ल्याईएको गौमुल गाउँपालिका कृषि विकास शाखाका प्राविधिक सहायक रमेश विकले बताएका छन् । कोशेली घरमा गौमुल गाउँपालिकाको स्थानीय उत्पादन सिमी, भाँगो, जौ, कोदो, फापर, मकै लगायत राखिएका छन् । सहकारीका सदस्य हिक्मत राेकायाले संचालन गरेकाे कार्यक्रमकाे अध्यक्षता सहकारीका अध्यक्ष सुरेन्द्र राेकाया रहेका थिए । निवर्तमान सांसद  लालबहादुर थापाकाे प्रमुख अातिथ्यमा संचालन गरीएकाे साे कार्यक्रममा स्वागत  गाैमुल गाउँपालिका कृषि शाखा प्रमुख रमेश बिकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार