शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षा नै काङ्ग्रेसको पहिलो प्राथमिकता हो – बरिष्ठ नेता रावल

लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षा नै काङ्ग्रेसको पहिलो प्राथमिकता हो – बरिष्ठ नेता रावल

  • बिहिबार, माघ ८, २०७७
लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षा नै काङ्ग्रेसको पहिलो प्राथमिकता हो – बरिष्ठ नेता रावल

बाजुरा — नेपाली काँग्रेस बाजुराका बरिस्ठ नेता रामसिंह रावलले प्रधानमन्त्री केपी ओलिले देशलाई अस्थिरताको दलदल र बिदेशी शक्ति चलखेलको क्रिडास्थल बनायको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस त्रिबेणि नगरकार्यसमिती वडा न. -८ द्वारा आयोजित बिरोध कार्यक्रममा सम्बोधन गर्नु भएका रावलले कम्युनिस्ट हरु तानाशाह र षड्यन्त्रका मालिक हुन । काङ्ग्रेसले ठुलो बलिदान ,आन्दोलन पश्चात् उपलब्ध गरेको ब्यबस्था लोकतान्त्रिक गणतन्त्र र देशको मुल कानुन संविधानको रक्षाका लागि कुनै लोभमा फस्नु नहुने र लोकतान्त्रिक गणतन्त्र ,संविधान रक्षा ,संसद पुनस्थापना काङ्ग्रेसको प्रमुख मार्ग रहेको स्पष्ट पारे। जनताका मौलिक हक, अधिकारका निम्ति काङ्ग्रेस इतिहासमा पहिलो पार्टी रहेको र बिपि कोइराला , किसुनजि , सुशील जस्ता नेतृत्वले इतिहासमा सत्ता मोहमा कहिल्यै नफसी सिद्धान्त , बिधि र जनताको जनमतको निर्णय गरेको इतिहास स्मरण गरे ।

काङ्ग्रेस नेतृत्वले बुद्दिमत्ता बाट निर्णय गर्न आग्रह गरे। जनताको जनमत संसद बिगठन, प्रधानमन्त्री केपि ओलिको अलोकतान्त्रिक क्रियाकलापको निन्दा गर्दै काँग्रेस इमान्दारका साथ देश र जनताको हकहितमा लाग्नु पर्ने बताए ।बिरोध सभा नेपाली काङ्ग्रेस त्रिबेणि नगरपालिका -८ कार्यसमिति उपसभापति टेक बहादुर थापाको अध्यक्षतामा भएको थियो ।कार्यक्रमको सन्चालन वडा कारसमिती सचीव खेमराज गिरिले गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार