बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • आगामी तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान

  • बिहिबार, माघ ८, २०७७
आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।

यसैगरी, हाल देशका विभिन्न स्थानहरु प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः

बिहिबार:

दिउँसोः प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबारः

दिउँसोः प्रदेश नं १, बागमती, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ।

शनिबारः

दिउँसोः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ।

रातिः पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

चर्चामा

सम्बन्धित समाचार