बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे खप्तड छेडेदह गाउँपालिकाबाट घरेलु बन्दुक सहित एक जना पक्राउ

बाजुराकाे खप्तड छेडेदह गाउँपालिकाबाट घरेलु बन्दुक सहित एक जना पक्राउ

  • बुधबार, माघ ७, २०७७
बाजुराकाे खप्तड छेडेदह गाउँपालिकाबाट घरेलु बन्दुक सहित एक जना पक्राउ

बाजुरा —  बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ सुदाडाबाट घरेलु हात हतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका सुदाडाका लालबहादुर सेजुवाल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन् ।
घर नजिकै रहेको भैसी गोठमा लुकाएर राखेका तीन वटा बन्दुक बरामद गरी सेजुवालाई मंगलबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको महराले बताए ।  हतियार (बन्दुक) लुकाएर राख्ने आसे सेजुवाल र मान सेजुवाल भने फरार रहेको प्रहरी प्रमुख महराले बताएका छन  । सोही ठाउँबाट जंगली जनावरको छाला समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बरामद गरिएको छाला कुन जंगली जनावरको हो भन्ने बारेमा पहिचान नभएकाे जिल्ला  प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
भैसी गोठमा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराको टोली खोजतलास गर्दा बरामद गरेको प्रहरी प्रमखु महराले बताएका छन् । पक्राउ परेका सेजुवालले हातहतियार नभएको बयान दिएकाले कसको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार