बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • लोकतन्त्र ठुलो दुखबाट आर्जेको सम्पत्ति हो,यसको रक्षाका लागी काङ्ग्रेसले कुनै कसुर बाकी राख्दैन : बरिस्ट नेता रावल

लोकतन्त्र ठुलो दुखबाट आर्जेको सम्पत्ति हो,यसको रक्षाका लागी काङ्ग्रेसले कुनै कसुर बाकी राख्दैन : बरिस्ट नेता रावल

  • सोमवार, माघ ५, २०७७
लोकतन्त्र ठुलो दुखबाट आर्जेको सम्पत्ति हो,यसको रक्षाका लागी काङ्ग्रेसले कुनै कसुर बाकी राख्दैन : बरिस्ट नेता रावल

बाजुरा — नेपाली काँग्रेसका बरिस्ठ नेता रामसिंह रावलले प्रधानमन्त्री केपी ओलीको संसद बिगठनको कदम नेपाल र नेपाली जनताको हित बिपरित भएको यसले सिङ्गो लोकतन्त्र खतरामा पारेको आरोप लगायका छन् ।लोकतन्त्र नेपाली काङ्ग्रेसको सम्पत्ति हो।लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान ल्याउन नेपाली काङ्ग्रेसले ठुलो त्याग , बलिदान र आन्दोलनले मात्र सम्भव भएको स्मरण गरेका थिए ।हामिले रगत बगाएर ल्यायको लोकतन्त्र प्रधानमन्त्रीको बलमिच्याई बाट धुजा धुजा पारेको मा काङ्ग्रेस सहेर नबस्ने स्पस्ट पारे।
नेपाली काँग्रेस त्रिबेणि नगर कार्यसमितिले शनिबार आयोजना गरेको असंवैधानिक संसद विरुद्धको विरोध कार्यक्रममा बोल्दै देशकै अभिभावकका रुपमा रहेकी राष्ट्रपति भण्डारीले ओलीको इशारामा गुटको मतियार भएको बताए। केपी ओलि सत्तामा पुगेपछी देशमा हत्या हिंसा,बलात्कार ,भ्रष्टाचार, लुटतन्त्र, अराजकता,कमिसनको दलदलमा फसेको स्पष्ट पारे। हिजो हामिले निर्माण गरेको लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ती काँग्रेस हरेक सामना गर्न तयार रहेको रावलको भनाई छ ।
विरोध कार्यक्रममा संकटका बेला देश बचाउन र संविधानको रक्षाका लागि काँग्रेस अग्रसर हुदै आएको वक्ताहरुले बताएका छन् । नगर कार्य समिति सभापति जय बहादुर साउदको अध्यक्षतामा भएको विरोध कार्यक्रमको संचालन नगरसचिव सुरेन्द्रराज गिरिले गरेका हुन् । विरोध कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता ,भातृ संघ सस्था लगायत सयौंको संख्यामा उपस्तिथि थियो ।

चर्चामा

सम्बन्धित समाचार