मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • संसद बिगठनकाे बिराेधमा नेपाली काग्रेस बाजुराद्धारा बिराेध जुलुस

संसद बिगठनकाे बिराेधमा नेपाली काग्रेस बाजुराद्धारा बिराेध जुलुस

  • शनिबार, माघ ३, २०७७
संसद बिगठनकाे बिराेधमा नेपाली काग्रेस बाजुराद्धारा बिराेध जुलुस

बाजुरा —  प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधी सभाको संसद विघटनको विरुद्धमा नेपाली काँग्रेस बाजुराले पनी बाजुराका सबै स्थानीय तहमा विरोध कार्यक्रम गरेकाे  छ ।
केन्द्रको सर्कुलर अनुसार नेपाली काँग्रेस बाजुराले समेत जिल्लाका ९ वटै स्थानीय तहमा नगर कार्य समिति र गाउँ कार्य समितिलाई शनिबार अर्थात माघ ३ गते विरोधका कार्यक्रम गर्ने सर्कुलर गरेको नेपाली काँग्रेस नेपाली काँग्रेस बाजुराले जनाएकाे छ ।
जिल्लाका ९ वटै नगर तथा गाउँ कार्य समितिलाई परिपत्र गरी शनिबार विरोधका कार्यक्रम संचालन गरेकाे नेपाली काग्रेश बाजुराका प्रचार बिभाग प्रमुख तिलक पुरीले बताएका छन ।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्दै असंवैधानिक कदम चालेकाले संविधानको रक्षाका लागि काँग्रेसले सडकमा गएर अान्दाेलनु गर्नु परेकाे नेपाली काग्रेस बडिमालिका नगरपालिकाले गरेकाे काेड सभामा महासमिति सदस्य जुना दानीले बताएकी छन । उनले देशमा दुइ तिहाइकाे स्थाइ सरकारका प्रधान मन्त्री केपी वलीकाे असम्बैधानीक कदमकाे जती बिराेध गरे पनी नपुग्ने बताएकी छन । केपी वलीका नारा नारामै सिमित भएकाे देशकाे बिकाशमा भन्दा पार्टी भित्र  पनी कु गर्दाकाे परिणाम देशबासीले भाेग्नु परेकाे बताएकी छन ।
गैर जिम्मेवारी र संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने उल्लेख नभएकाले संविधानलाई कार्यान्वय नगरी सक्ने खेलमा प्रधानमन्त्री ओलीले चालेकाे  कदम र त्यसको विरोध र संविधान कार्यान्वयल र रक्षाका लागि गरेकाे नेपाली काग्रेशका नेता तथा बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताएका छन । नेपाली काग्रेस नगर कमिटिका कार्यबाहक  सभापती धनलाल पाध्यायकाे अध्यक्षतामा संचालन भएकाे बिराेध जुलुश कार्यक्रममा नेपाली काग्रेशकी नेता जुना दानी बडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवाल उप प्रमुख कबिता बिष्ट बिद्यार्थी नेता सुरेन्द्र  सिहं वडा अध्यक्ष प्रकाश रावल, महिला सघंकी अध्यक्ष अमृता सिहं लगायतले मन्तब्य राखेकाे थिय ।

चर्चामा

सम्बन्धित समाचार