शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • आजको विरोध प्रदर्शनमा बाजुराका ९ वटै स्थानीय तहमा काँग्रेसका काे नेताकाे कहाँ जिम्मा

आजको विरोध प्रदर्शनमा बाजुराका ९ वटै स्थानीय तहमा काँग्रेसका काे नेताकाे कहाँ जिम्मा

  • शनिबार, माघ ३, २०७७
आजको विरोध प्रदर्शनमा बाजुराका ९ वटै स्थानीय तहमा काँग्रेसका काे नेताकाे कहाँ जिम्मा

बाजुरा — प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभर पालिका स्तरमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदमविरुद्ध काँग्रेस शनिबार दोस्रो चरणको आन्दोलनअन्तर्गत सात सय ५३ गाउँ तथा नगरपालिकामा विरोध प्रदर्शन गर्न लागेको हो ।

जसमा बाजुराका नाै स्थानीय तहमा पनी नेपाली काँग्रेस बाजुराले अान्दाेलनकाे तयारी गरिरहेकाे छ । बिभिन्न स्थानीय तहमा हुने अान्दाेलनकाे अगुवाइ पनी सम्बन्धित पालिकाका प्रमुखहरूलाइ दिएकाे नेपाली काँग्रेस बाजुराका प्रचार बिभाग प्रमुख तिलक पुरीले बताएका छन । जसमा बुढिगंगामा पुर्ब माननिय देबराज जाेशीकाे अगुवाइमा बिराेध जुलुश हुने बताएका छन । त्यसै गरी बडिमालिकामा पार्टी सभापती कबीराज पण्डित, त्रिबेणी नगरपालिकामा रामसिहं रावल, खप्तड छेडेदह गाउँपालिकामा महा नेपाली, गाैमुल गाउँपालिकामा देब बहादुर राेकाया, बुढिनन्दा नगरपालिकामा नारायण पाध्याय, स्वामीकार्तिक खापर गाउँपालिकामा भरत राेकाया, हिमाली गाउँपालिकामा गाेबिन्द बहादुर मल्ल रहेका छन भने जगन्नाथ गाउँपालिकामा सम्पर्क हुन नसकेकाे प्रचार बिभाग प्रमुख तिलक पुरीले बताएका छन ।

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध काँग्रेस चरणवद्ध रुपमा देशव्यापी प्रदर्शन गरिरहेको छ । काँग्रेसले माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । यसअघि कांग्रेसले दोस्रो चरणको आन्दोनअन्तर्गत गत पुस २५ गते तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । यस्तै पहािले चरणअन्तर्गत गत पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।

आजको विरोध प्रदर्शनमा सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन बाजुरा काँग्रेस सभापति कबिराज पण्डितले शुक्रबार (हिजो) नै अपिल गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार