शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • संसद् विघटनविरुद्ध सबै पालिकामा काँग्रेसको विरोध प्रदर्शन : कुन नेताको सम्बोधन कुन ठाउँमा ?

संसद् विघटनविरुद्ध सबै पालिकामा काँग्रेसको विरोध प्रदर्शन : कुन नेताको सम्बोधन कुन ठाउँमा ?

  • शनिबार, माघ ३, २०७७
संसद् विघटनविरुद्ध सबै पालिकामा काँग्रेसको विरोध प्रदर्शन : कुन नेताको सम्बोधन कुन ठाउँमा  ?

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभर पालिकास्तरमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदमविरुद्ध काँग्रेस शनिबार दोस्रो चरणको आन्दोलनअन्तर्गत सात सय ५३ गाउँ तथा नगरपालिकामा विरोध प्रदर्शन गर्न लागेको हो ।

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध काँग्रेस चरणवद्ध रुपमा देशव्यापी प्रदर्शन गरिरहेको छ ।

काँग्रेसले माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । यसअघि कांग्रेसले दोस्रो चरणको आन्दोनअन्तर्गत गत पुस २५ गते तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

यस्तै पहािले चरणअन्तर्गत गत पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो । आजको विरोध प्रदर्शनमा सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार (हिजो) नै अपिल गरेका थिए ।

पार्टीको सबै तहका नेता कार्यकर्ताहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाको अपिल छ । यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजै भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे थिए ।

‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो संवैधानिकको कुरा होइन । यो त राजनीतिक निर्णय हो भनेको हुनाले वैधानिक काम छैन भन्ने कुरा आफैंले कबुल गरेका छन् । स्वीकार गरेका छन्’, पौडेलको भनाइ थियो ।

सर्वोच्च अदालतसम्म आवाज पुग्ने गरी सारा जनताले डटेर विरोध पर्ने उनको आग्रह थियो । संसद विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनाइको प्रक्रियमा रहेको बेला पौडेलले आन्दोलनलाई प्रभावकारी बनाउन कार्यकर्तालाई आग्रह गरे । काँग्रेसका शीर्ष नेताहरु पनि विरोधसभामै सहभागी हुने कार्यक्रम छ ।

सभापति देउवाले काठमाडौं, वरिष्ठ नेता पौडेले चितवनको शारदानगरमा विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै महामन्त्री डा शशांक कोइरालाले नवलपुरको देवचुली नगरपालिकामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पूर्वमहामन्त्री प्रकाशमानसिह काठमाडौँ महानगरपालिका र नेता गगन थापाले बूढानीलकण्ठको हात्तीगौंडा र ललितपुरको महाकाल गाउँपालिकामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै नेता डा मिनेन्द्र रिजाललाई नेपालगञ्ज र डा. शेखर कोइरालाले मोरङका दुई वटा विरोधसभामा सम्बोधन गर्ने कार्यतालिका छ । नेता प्रदीप पौडेल विराटनगर र प्रवक्ता विश्वप्रकाश शर्मा भक्तपुरमा हुने विरोधसभालाई सम्बोधन गर्ने छन् । यस्तै नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतले नुवाकोटको देवीघाटम हुने विरोधसभा सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै सहमहामन्त्री प्रकाशरण महतले कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्रचोक र गोठाटारको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

नेता धनराज गुरुङ्ग चितवनको खैरेहनीमा र प्रकाश रसाइली स्नेही हेटौडाको विरोसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै नेता गुरुराज घिमिरे र नैनसिह महर काभ्रे जाने कार्यक्रम तय भएको छ । नेता वीरबहादुर बलायरले डोटीमा र जीवन बहादुर शाहीले मुगुको रुसकोट, माँझचौर, खत्याडको विरोधसभालाई सम्बोधन गर्ने छन् । यस्तै काँग्रेसका केन्द्रीय अधिकांश नेताहरुले पनि गृहजिल्लाको विरोधसभामा सहभागी हुँदै छन् ।

चर्चामा

सम्बन्धित समाचार