मङ्लबार, जेष्ठ ४, २०७८
  • होमपेज
  • कला /साहित्य
  • राष्ट्र घाति र जन घाति उस्को ब्यबहार भयो

राष्ट्र घाति र जन घाति उस्को ब्यबहार भयो

  • शुक्रबार, माघ २, २०७७
राष्ट्र घाति र जन घाति उस्को ब्यबहार भयो

अहिले सम्म देशमा जुन सुकै सरकार भयो,
राष्ट्र घाति र जन घाति उस्को ब्यबहार भयो।

पटक-पटक लडेर ल्याउँछौँ जनतन्त्र देशमा,
त्यही ब्यबस्थामा पनि नेताको ब्यापार भयो।

पढे लेखेका हाम्रा शन्तान अरबको खाडिमा,
झन पछि झन देशबासी लाई हत्याचार भयो।

पठाउँछौ प्रतेक पटक छानेर देशको रक्षागर्न,
उन्को आपसाम पनि सदैभरी मारामार भयो।

न बिकाशको कुनै एजेन्डाछ नत बोल्छ कोई,
सबैलाई मन्त्रि आलो पालो खान हतार भयो।

आयाश्रोतको नाममा रेमिटैन्सि र कर मात्रैछ,
देश टुक्रा टुक्रा पार्ने संघियतानै औजार भयो।

सेते ले हेर्दा हेर्दै देश फिजि जस्तो बनिसकेछ,
बिदेशीहरु समेत यो सरकारमा हकदार भयो।

चर्चामा

सम्बन्धित समाचार