बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • लेभी कटौती नगरी नेकपा सांसदको पारिश्रमिक जम्मा गरियो

लेभी कटौती नगरी नेकपा सांसदको पारिश्रमिक जम्मा गरियो

  • बिहिबार, माघ १, २०७७
लेभी कटौती नगरी नेकपा सांसदको पारिश्रमिक जम्मा गरियो

सङ्घीय संसद् सचिवालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सदस्यले पार्टीलाई बुझाउने शुल्क (लेभी) कटौती नगरी पारिश्रमिक जम्मा गरिदिएको छ । कानुनी रूपमा बाहेक पार्टी विभाजित भएपछि असन्तुष्ट पक्षका सांसदले ‘लेभी’ रोक्का गरिदिन सचिवालयमा निवेदन नै दिएका थिए । सो निवेदनपछि सचिवालयले नेकपाका सबै सदस्यको लेभी रकम समेत सांसदकै खातामा जम्मा गरिदिएको छ । यसअघि सचिवालयले समन्वय गरेर लेभी बापतको शुल्क पार्टीले तोकेको खातामा जम्मा गर्ने गरिएको थियो ।

दल विभाजनको सँघारमा पुगेपछि पार्टीमा असन्तुष्ट रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका सांसदले लेभी पार्टीको खाता जम्मा नगर्न सचिवालयको लेखा शाखामा निवेदन दिएका थिए । निवेदन प्राप्त भएपछि सचिवालयले सबै सांसदकै लेभी तलबी खातामा नै पठाइदिएको हो । मङ्गलबार सदस्यहरूको पारिश्रमिक बैङ्कमा जम्मा गर्न पठाइएको छ । पुस महिनाको पारिश्रमिक जम्माका लागि पठाइएको हो । प्रतिनिधि सभा सदसस्यले भने विघटन भएको दिनसम्म (पाँच दिन)को मात्र पारिश्रमिक पाउने छन् । गोरखापत्र दैनिकमा खबर छ ।

चर्चामा

सम्बन्धित समाचार