शनिबार, चैत्र १७, २०८०
  • होमपेज
  • राजनीति
  • निर्वाचन आयोगबाट फर्किएपछि माधव नेपालले भने–आयोगले हामीलाई नै आधिकारिकता दिन्छ

निर्वाचन आयोगबाट फर्किएपछि माधव नेपालले भने–आयोगले हामीलाई नै आधिकारिकता दिन्छ

बाटोमा हिँडिरहेकालाई समेत केन्द्रीय सदस्य बनाउन थालेको भन्दै ओलीलाई व्यङ्ग्य

  • सोमवार, पुस २७, २०७७
निर्वाचन आयोगबाट फर्किएपछि माधव नेपालले भने–आयोगले हामीलाई नै आधिकारिकता दिन्छ

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिकता दिने दावी गरेका छन् । ‘निर्वाचन आयोगले कुनै व्यक्तिको लहडमा नचल्ने बताएको छ । आयोगले ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्नेछ’, सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलामा बोल्दै नेपालले भने ।

निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न उनीहरु आजै निर्वाचन आयोग पुगेका थिए । नेकपाको प्रचण्ड–माधव र ओली समूहले पार्टीको आधिकारीकताका लागि निर्वाचन आयोगमा दावी प्रस्तुत गरेका छन् । सोही बीचमा प्रचण्ड र नेपाललगायतका नेताहरु आयोग पुगेका थिए ।

आयोगबाट फर्किएलगत्तै बृहत् नागरिक भेलामा सहभागी भएका उनले आयोगबाट आफूहरुलाई सकारात्मक जबाफ आएको बताएका हुन् ।यस्तै नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा हिँडिरहेकालाई समेत केन्द्रीय सदस्य बनाउन थालेपछि मानिसहरु बालुवाटारको बाटो हिँड्नै छाडेको भन्दै व्यङग्य गरे । नेपालले ओली गणतन्त्रप्रति चिन्तित नरहेको समेत आरोप लगाए ।

विगतको प्रसंग कोट्याउँदै उनले भने, ‘पार्टीमा ओलीले गणतन्त्रको विरोध गर्नुभएको थियो । गणतन्त्रलाई कोरा कल्पना भन्नुहुन्थ्यो । समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट उहाँ विचलित हुनुभएको छ ।’ उनले ओलीले कसैको सम्मान गर्न नजानेको भन्दै अर्काको अपमानमै रमाइरहेको पनि आरोप लगाए ।

चर्चामा

सम्बन्धित समाचार