शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीबाट अछामका लागि छुटेको ट्रक डडेल्धुरामा दुर्घटना, चालकको मृत्यु

धनगढीबाट अछामका लागि छुटेको ट्रक डडेल्धुरामा दुर्घटना, चालकको मृत्यु

  • आइतवार, पुस २६, २०७७
धनगढीबाट अछामका लागि छुटेको ट्रक डडेल्धुरामा दुर्घटना, चालकको मृत्यु

धनगढीबाट छुटेको ट्रक डडेल्धुरामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारीमा दुर्घटना हुँदा चालकको  मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले चालक अन्दाजी ३५ वर्षीय ओमप्रकाश पन्तको मृत्यु भएको बताए।

यस्तै ट्रकका सहचालक १८ वर्षीय मदन साउँद घाइते भएका छन। ट्रक सडकबाट २ सय ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

चर्चामा

सम्बन्धित समाचार