शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • देखेका सपनाहरु पनि सदै खरानी भए (गजल)

देखेका सपनाहरु पनि सदै खरानी भए (गजल)

  • शुक्रबार, पुस २४, २०७७
देखेका सपनाहरु पनि सदै खरानी भए (गजल)

देखेका सपनाहरु पनि सदै खरानी भए,
गिरबका आँखाहरु पनि पानीपानी भए।

कस्ले देख्छ यँहा गरिबहरु लाई रोएको,
प्रामाण खोज्दा किताब मा कहानी भए।

कति चलुन ई हात पाखुरा मिसिन जस्तै,
सरिरका हाड करङ्ग पनि त कमानी भए।

धनिले ता ऐयासी गरेकोछ स्वर्गमा बसेर,
गरिब लाई धनिले भेडा बाख्रा ठानि भए।

क्रांति नगर्दै आमूल परिवर्तन हुँदैन कत्ती,
गरिबको पौरख नी ब्यार्थैमा लगानी भए।

गास बास कपासको नि समस्या उस्तै छ,
गरिब सरकारले गर्दानै जानि जानी भए।

चर्चामा

सम्बन्धित समाचार