आइतवार, बैशाख २६, २०७८
  • होमपेज
  • समाचार
  • भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु, २ जना घाइते

भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु, २ जना घाइते

  • बिहिबार, पुस २३, २०७७
भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु, २ जना घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ, २ जना गम्भीर घाइते भएका छन् ।

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।

चर्चामा

सम्बन्धित समाचार