शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउन हिँडेरै गए अर्थमन्त्री बोहरा

मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउन हिँडेरै गए अर्थमन्त्री बोहरा

  • बुधबार, पुस २२, २०७७
मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउन हिँडेरै गए अर्थमन्त्री बोहरा

धनगढी– सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा हिँडेरै मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउन गएका छन्।

मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरि पदबाट राजीनामा दिएको घोषणा गरेका बोहरा राजीनामा पत्र बुझाउन हिँडेरै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयतर्फ लागेका हुन्।

उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाउनेछन्। बोहरासँगै ओली समूहका यसअघि पूर्व भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिह बोहरा, प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा पनि मुख्यमन्त्री कार्यालयतिर लागेका छन्।

यसअघि बोहराले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा बुझाउने घोषणा गरेका थिए। बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए।

तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार