शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • एक युवतीसँग दुई युवकको प्रेम, डेढ वर्षको डेटिङपछि बच्चा जन्माउने योजना

एक युवतीसँग दुई युवकको प्रेम, डेढ वर्षको डेटिङपछि बच्चा जन्माउने योजना

  • मङ्लबार, पुस २१, २०७७
एक युवतीसँग दुई युवकको प्रेम, डेढ वर्षको डेटिङपछि बच्चा जन्माउने योजना

यो दुनियाँमा कहिलेकाहीँ पत्याउने नसकिने घटना हुन्छन् । ब्राजिलमा त्यस्तै भएको छ । दुईजना ब्राजिलियन युवकहरुले एउटै युवतीलाई मन पराए र दुवैले प्रेम प्रस्ताव पनि राखे । अचम्म त के भने ती युवतीले दुवै युवकको प्रेम प्रस्ताव स्वीकार गरिन् ।

त्यसपछि ती युवतीको प्रेम सम्बन्ध दुवै युवकसँग रह्यो । अर्थात् दुई युवक र एक युवतीबीच जबरजस्त सम्बन्ध कायम भयो । लामो समयसँगै बिताएसँगै अब उनीहरुले बच्चा जन्माउने योजना बनाएका छन् ।

आफूहरुको सम्बन्ध निकै रोचक तथा गहिरो रहेको बताउँछन् उनीहरु । साथै आफूहरुको बीचमा कुनै पनि समस्या नरहेको दाबीसमेत गर्दछन् ।

उनीहरु एकसाथ घुम्न निस्किन्छन्, खानपिन गर्दछन् । डेढ वर्षदेखि डेटिङमा छन् र मस्ती गरिरहेका छन् । उनीहरु अब आफ्नो भविष्यको बारेमा सोँच्न थालेका छन् र तिनैजना मिलेर एक बच्चा जन्माउने योजना बनाएका छन् ।

दुईजना युवकसँग एकसाथ प्रेम सम्बन्धमा रहेर बच्चा जन्माउने योजना बनाएकी युवतीको नाम ओल्गा हो । युवकहरुको नामचाहिँ डिनो र सोलो हो ।

डिनोका अनुसार एक दिन आफ्नो मित्र सोलोसँग बार्सिलोना फुटबल खेल हेर्न गएको बेला ओल्गासँग भेटघाट र चिनजान भएको थियो । त्यसपछि दुवैजनाले ओल्गालाई खानपिनका लागि आमन्त्रण गरे र त्यहीँबाट उनीहरुको प्रेमकथा सुरु भयो ।

तिनैजना बीच राम्रो तालमेल छ । उनीहरुको यस्तो त्रिकोणात्मक सम्बन्धका बारेमा थाहा पाउँदा सुरुमा उनीहरुका परिवारले स्वीकार गरेनन् । तर समयसँगै परिवारजनले सम्बन्धलाई स्वीकारे । समाजसँग जुध्दै अहिले उनीहरुले सँगै भविष्यको सुखद योजना बुनरिहेका छन् ।

एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार