शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • त्रिवेणीमा उप प्रमुख संग अझ नजिक कार्यक्रम अन्र्तरगत बाख्रा वितरण

त्रिवेणीमा उप प्रमुख संग अझ नजिक कार्यक्रम अन्र्तरगत बाख्रा वितरण

  • सोमवार, पुस २०, २०७७
त्रिवेणीमा उप प्रमुख संग अझ नजिक कार्यक्रम अन्र्तरगत बाख्रा वितरण

चक्र बहादुर अएडी — जिल्लाको त्रिवेणी नगरपालिकामा उपप्रमुख सँग अझ नजिक कार्यक्रम अन्तरर्गत बाख्रा वितरण गरिएको छ । नगरपालिका भित्रमा रहेका वडा नम्वर १ देखि ९ सम्मका एकल महिला , दलित तथा विपन्न वर्गका महिलाहरुलाई बाख्रा वितरण गरिएको नगरपालिकाले जानकारि दिएको छ । आर्थिक अवस्था कमजोर भएका र केहि गर्न सक्छु भन्ने महिलाहरुलाई छनोट गरि ५० बाख्रा सोमबार एक औपचारिक कार्यक्रमका विच वितरण गरिएको सुचना अधिकृत नरेश राज पन्तले जानकारि दिएका छन ।
कार्यक्रम नगर उपप्रमुख राधिका देवी सुनारको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावल रहेका थिए । त्यस्तै कार्यक्रममा त्रिवेणी नगरपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत , पशु शाखा प्रमुख , कृर्षि शाखा प्रमुख , वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । बाख्रा वितरण वडा नम्वर ४ मा रहेको टुडेगडामा वितरण गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार