शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • प्रेमीले गरे प्रपोज, खुसीमा युवतीको खुट्टा चिप्लियो र पहाडबाट खसिन्

प्रेमीले गरे प्रपोज, खुसीमा युवतीको खुट्टा चिप्लियो र पहाडबाट खसिन्

  • आइतवार, पुस १९, २०७७
प्रेमीले गरे प्रपोज, खुसीमा युवतीको खुट्टा चिप्लियो र पहाडबाट खसिन्

प्रेमका परेका दुई व्यक्तिमा जब प्रेमीले आफ्ना प्रेमिकालाई प्रपोज गर्छ, तब यो क्षण कुनै प्रेमिल जोडीका लागि कम रोमाञ्चक हुँदैन । तर अष्ट्रियामा एक प्रेमीलाई आफ्नो प्रेमिकालाई प्रपोज गर्नु भारी पर्यो । खुसीमा प्रेमिकाको खुट्टा चिप्लियो र उनी पहाडबाट ६५० फुट गहिरो चट्टामा खसिन् ।

यो घटना अस्ट्रियाको कारिन्थिया इलाकाका हो जहाँ एक जोडीका लागि प्रेमको यो पल भयानक घटनामा परिवर्तन भयो । प्रेमीले प्रेमिकालाई प्रपोज गर्ने बित्तिकै युवतीले खुसी हुँदै प्रपोज स्विकारेको जनाउ दिँदै टाउको हल्लाइन् र यतिबेला उनको खुट्टा चिप्लियो । द सनको रिपोर्ट अनुसार २७ वर्षका एक व्यक्तिले आफ्नी ३२ वर्षीया प्रेमिकालाई कारिन्थियामा प्रपोज गरे । यतिबेला प्रपोजल स्विकार गरेपछि फल्कर्ड पहाडबाट चिप्लिइन् । यो घटना २७ डिसेम्बरको हो । यो जोडी एक दिन अघि पहाडमा ट्रेकिङ गर्न गएको थियो ।

६५० फुट तल खसेपछि पनि युवती बाँच्न सफल भइन् किनभने भारी हिमपातका कारण तल बरफ जमेको थियो जसका कारण उनलाई खासै धेरै चोट लागेन । यस्तै प्रेमिकालाई बचाउनका लागि युवक पनि हाम फाले तर ५० फिट तल पुगेपछि उनी एक चट्टानको बीचमा फसे र उनको पनि ज्यान बच्यो । यद्यपि, यतिबेला युवकको खुट्टा भने भाँच्चियो ।

डेली मेलका अनुसार पहाडबाट खसेपछि महिला एउटा ताल नजिकै बेहोस पाइएकी थिइन् । एक पर्यटकले उनलाई देखेपछि सुरक्षाकर्मीलाई यसबारे जानकारी दिए । त्यसपछि दुबै प्रेमी प्रेमिकालाई हेलिकोप्टरमार्फत् उद्धार गरियो र अस्पताल भर्ना गरियो । दुबैको ज्यान बच्यो ।

घटनास्थलमा भएका एक प्रहरी अधिकारीले डेली मेलसँगको कुराकानीमा भने, ‘दुबै असाध्यै भाग्यमानी थिए । यदि चट्टानमा भारी हिमपात नभएको भए यसको परिणाम अरु केही पनि हुन सक्थ्यो ।’

चर्चामा

सम्बन्धित समाचार