बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • यो देशमा त क्रान्ति पनि संघारमा पुगेर फर्किन्छ,

यो देशमा त क्रान्ति पनि संघारमा पुगेर फर्किन्छ,

  • शुक्रबार, पुस १७, २०७७
यो देशमा त क्रान्ति पनि संघारमा पुगेर फर्किन्छ,

यो देशमा त क्रान्ति पनि संघारमा पुगेर फर्किन्छ,
बिडम्बननै भनौ मैदानमा हतारमा पुगेर फर्किन्छ।

हो जनताको चाहाना आमूल परिवर्तन गर्ने नै हो,
तर उग्रबामपन्थि बिचारकै सारमा पुगेर फर्किन्छ।

मर्नेहरु ता यही देश र जनताका लागिनै मरेर गए,
तर क्रान्ती अवसरबादी ब्यबहारमा पुगेर फर्किन्छ।

कयौँ पटक अभ्यास भए पनि गनतब्य हिन भयो,
राँको बालेर हिँडेपनि त्यो दमारमा पुगेर फर्किन्छ।

टाउका मा कात्रो मनमा सपना बोकेर शहिद हुँदा,
के थाहा अवसर बादी माजधारमा पुगेर फर्किन्छ।

चोखो क्रान्तिकारी आन्दोलनपनि कहिले कसोता,
अवसरबादीहरुको त्यही ब्यापारमा पुगेर फर्किन्छ।

कयौँ बर्ष आएगए दन्ते गफडिहरु हेर्दा हेर्दै सेते ले,
दन्केको क्रान्ति ज्वाला नि वेकारमा पुगेर फर्किन्छ।

चर्चामा

सम्बन्धित समाचार