शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सरकारी साँढले पनि संघियता असफल भन्छन

सरकारी साँढले पनि संघियता असफल भन्छन

  • शनिबार, पुस ११, २०७७
सरकारी साँढले पनि संघियता असफल भन्छन

सरकारी साँढले पनि संघियता असफल भन्छन,
हुँनु पर्छ हाम्रो देश अखण्ड अनि अटल भन्छन।

अब फेरी चुनावमा जाने बाटो बनाउँन थाल्नु छ,
संघियतामा बसेर गनाउँने मानवको मल भन्छन।

सरकारमा छँदा प्रदेशकै राजधानीको लागि लडे,
अहिले यो संघियता असफलताको भल भन्छन।

किन गरेनन् खारेज जो देशकै लागि घातक थ्यो,
गणतन्त्र बाट नै संघियता गरौँ बेदख्खल भन्छन।

हो चोर ढोका बाट ल्याको घातक संघियता भन्दा,
त्यो बेला सबै चिच्चाई यो ता अमृत जल भन्छन।

आज के मुख लिएर जाने केहि नसुझे पछि उन्ले,
संघियता प्रतिकृयावादीहरुको लागि ढल भन्छन।

हिँजो बिर्खे सँग हुँदा बिर्खेको झिल्के सँग यसैको,
कहिले ठिक कहिले बेठिक यी दल बदल भन्छन।

ए नेता नगर देश जनताको भबिष्य सँग खेलवाड,
हामि जस्ताले खराब उहिलै देखि हर पल भन्छन।

चर्चामा

सम्बन्धित समाचार