शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • यी हुन् २०२० का ५ रोचक विश्व रेकर्ड (भिडियोसहित)

यी हुन् २०२० का ५ रोचक विश्व रेकर्ड (भिडियोसहित)

  • शुक्रबार, पुस १०, २०७७
यी हुन् २०२० का ५ रोचक विश्व रेकर्ड (भिडियोसहित)

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यो वर्ष सन् २०२० निकै चुनौतीपूर्ण बनिरहेको छ । तर यसका बाबजुत पनि धेरै मानिसहरुले अनेक खालका कठिन तथा चर्चित कामहरु गरेर गिनिज बुकमा आफ्नो नाम लेखाए । कतिपयचाहिँ आफ्नो क्षमता तथा शारीरिक बनोटकै कारण पनि गिनिज बुकमा छिर्न सफल भए ।

सन् २०२० मा कायम गरिएका ५ वटा सर्वाधिक चर्चित विश्व रेकर्ड यस्ता छन् :

१. छिमेकी मुलुक चीनका एक १४ वर्षीय किशोर विश्वकै सबैभन्दा अग्ला किशोरको रुपमा गिनिज बुकमा दर्ज भएका छन् । रेन केयुको शरीरको उचाइ ७ फिट ३ इन्च रहेको छ । तपाईलाई अचम्मै लाग्ला कि ३ वर्षकै उमेरमा उनको शरीरको उचाइ लगभग ५ फिट थियो ।

२. बेलायतको बर्मिङघममा बस्ने ली शटकेभरले जम्मा ३ मिनेटमा १० वटा जाम डोनट खाएर गिनिज विश्व रेकर्ड कायम गरिन् । उनले तय गरिएको समयभन्दा १० सेकेण्ड अगाडि नै १० वटा डोनड बुत्याएकी थिइन् ।

३. अष्ट्रियाको साल्सबर्गमा बस्ने स्टेफनी मिलिंगरले  L-Seat straddle presses to handstand खेलको नयाँ गिनिज बुक अफ वर्ल्ड रेकर्डस् कायम गरेकी छन् । उनले लगातार ४०२ पटक यो खेल देखाएकी छिन् ।

४. जाइला नामकी किशोरीले ३० सेकेण्डमा ३०७ पटक बास्केटबल बाउन्स गराएर विश्व रेकर्ड कायम गरेकी छिन् । यसो गर्ने क्रममा उनले ४ वटा बास्केटबलको प्रयोग गरेकी थिइन् ।

५. भारतीय नागरिक जोरावर सिंहले रोलर स्केट्स स्किपिङमा विश्व रेकर्ड कायम गरे । उनले मात्र ३० सेकेण्डमा रोलर स्केट्समा १४७ पटक स्किप्स गरे ।

एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार