शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकाममा आधा केजी चरेश जस्तो कालो पदार्थ सहित १ महिला पक्राउ

बाजुरा सदरमुकाममा आधा केजी चरेश जस्तो कालो पदार्थ सहित १ महिला पक्राउ

  • मङ्लबार, पुस ७, २०७७
बाजुरा सदरमुकाममा आधा केजी चरेश जस्तो कालो पदार्थ  सहित १ महिला पक्राउ

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा चरेश जस्तो देखीने कालो पदार्थ सहित एक महिला पक्राउ परेकी छन । आज मंगलबार दिउसाेँ दुई बजेतिर सदरमुकाम मार्तडी बजारबाट ५ सय ग्राम चरेश जस्तो देखीने कालो पदार्थ सहित एक महिलालाई समातेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन ।
प्रहरी प्रमुख महराका अनुसार गौमुल गाउँपालिका वडा न १घर भई हाल बडिमालिका नगरपालिका वडा न ८ मार्तडीमा किनारा पसल गरीरहेकी बर्ष ४९ मैना रोकायाको पशलबाट सो चरेश जस्तो देखीने पदार्थ बरामत गरिएको बताएका छन ।
प्रहरीले गोप्य सुचनाका आधारमा उनको पशलमा रहेको स्टिलको बाकस भित्र लुकाइ छिपाई राखेको अबस्थामा समातेको प्रहरीले जनाएको छ । उनको थप अनुसन्धन भइरहेको प्रहरीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार